काँग्रेस म्याग्दीको अधिवेशनमा मिश्रित परिणाम, ‘हाइप्रोफाइल रिङ आउट’

  • ४ मंसिर २०७८, शनिबार
  • 651 पटक पढिएको

म्याग्दी ४ कात्तिक । नेपाली काँग्रेस म्याग्दीका सातौँ जिल्ला अधिवेशनमा मिश्रित परिणाम आएको छ । जिल्ला सभापति पदमा खमबहादुर गर्वुजा(खमविर) निर्विरोध निर्वाचित भएपनि अन्य पद र महाधिवेशन प्रतिनिधिमा मतदान भएको थियो । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा निकट गर्वुजा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ पक्षबिच सर्वसम्मत हुन नसकेका पदहरुमा चुनाबी प्रतिस्पर्धा भएको थियो ।


अधिवेशनमा दुई जना निर्वाचित हुने उप–सभापति पदमा कणर्बहादुर भण्डारी (केबी) र हरिकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । भण्डारी बानियाँ र श्रेष्ठ गर्वुजा निकट हुनुहुन्छ । त्यसैगरि सचिब पदमा भएको निर्वाचनमा भरत रकाल र हिराबहादुर पुन बिजयी हुनुभएको छ । दुबै जना गर्वुजापक्षका हुनुहुन्छ । सहसचिब पदमा श्रीराम पौडेल र ध्रुबराज कार्की बिजयी हुनुभएको छ । पौडेल गर्वुजा र कार्की बानियाँ निकट हुनुहुन्छ ।

१८ जनाबिच प्रतिस्पर्धा रहेको १० जना खुल्ला महाधिबेशन प्रतिनिधीमामा समेत दुबैपक्षबाट मिश्रीत परिणाम आएको छ । महाधिवेशन प्रतिनिधिमा चिरञ्जीवि शर्मा, जिवनकुमार मल्ल, धनबहादुर छन्त्याल, विक्रम बोगटी, नेत्रबहादुर महत, मुकुन छन्त्याल, रेशम बहादुर बानियाँ, विपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका निर्वाचित हुभएको छ ।

त्यसैगरि ६ जनाबिच प्रतिस्पर्धा भएको चार जना महिला महाधिवेशन प्रतिनिधित्रमा खिमकुमारी पुर्जा, देवी कुमारी बुढा, धनकुमारी थापा, बिमला गौचन बिजयी हुनुभएको छ । आदिवासी जनजाती महिला महाधिवेशन प्रतिनिधिमा ओमकुमारी फगामी, र र पुनमकुमारी मगर बिजयी हुनुभएको छ । आदिवासी जनजाति अन्य तर्फको ३ जनाको महाधिवेशन प्रतिनिधिमा दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका बिजयी हुनुभएको छ भने दलित अन्य तर्फको महाधिवेशन प्रतिनिधिमा यामबहादुर हर्मेल बिजयी हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचितहरु दुबैतर्फका उम्मेदवारहरु बराबरकै हाराहारीमा रहेको बताइएको छ । कतिपय महाधिवेशन प्रतिनिधि कुनैपक्षमा पनि नखुलेका कारण दुबै पक्षले आ–आफ्नो पक्षमा राखेका छन् । महाधिवेशन प्रतिनिधिमा दलित महिलातर्फ मनकुमारी विक,खसआर्य महिलामा बिनाकुमारी खड्का,मुस्लीम अल्पसंख्यकमा अञ्जित खान, खसआर्यतर्फ बलभद्र ढकाल र चित्र केसी, अपांग तर्फ सुरेन्द्र खत्री निर्विरोध हुनुभएको थियो ।

जिल्ला अधिवेशनबाट सक्रिय राजनीतिमा रहेका जिल्ला स्तरका हाइप्रोफाइल नेताहरु रिङ आउट भएका छन् । जिल्ला उपसभापति पदमा पराजित माधवप्रसाद रेग्मी, क्याप्टेन मिनबहादुर कार्की, सचिब पदमा पराजित अजयमिन श्रेष्ठ लगायतका नेताहरु भूमिका विहिन बनेका छन् । पूर्णकालिन राजनीतिज्ञको रुपमा परिचित नेताहरु अधिवेशनमा पराजित हुनुले काँग्रेस म्याग्दीको आगामी यात्रा कठिन हुने विश्लेषण हुन थालेको छ ।