नेकपा(माओवादी केन्द्र) रघुगंगा-३ को नयाँ नेतृत्व चयन

  • ४ मंसिर २०७८, शनिबार
  • 682 पटक पढिएको

म्याग्दी ४ . मंसीर  । नेकपा(माओवादी केन्द्र) रघुगंगा गाउँ पालिका ३ को नयाँ नेतृत्व चयन भएको छ । शनिवार पिप्ले मा सम्पन्न भएको प्रथम वडा अधिवेशन बाट सर्वसम्मत रूपमा रमेश शर्मा( नारायण) को अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरीएको हो। कमिटीको उपाध्यक्षमा चिना के सी, दिनेश बिक ,सचिवमा प्रकाश सुवेदी , कोषाध्यक्षमा सरस्वती मल्ल, सह_सचिवमा मिना मिजार रहनु भएको छ। सम्मेलन लाई सम्बोधन गर्दै माओवादी केन्द्र म्याग्दीका आर्थिक विभाग प्रमुख रिम कटुवालले माओवादीले अघि सारेका एजेण्डाले मुलुकको राज्य सत्ता संचालन भए पनि नेतृत्वमा पुगेकाहरुले सहि नेतृत्व गर्न नसकेको भन्दै वडादेखी नै माओवादीको नेतृत्व स्थापित गर्न पार्टी संगठन लाई बलियो वनाउन लाग्नुपर्ने बताउनु भयो। उहाँले माओवादी मा युवा पुस्ता को आकर्षक बढेको बनाउदै जनताका समस्या र गुनासा सम्बोधनका लागि पार्टीले आवश्यक पहल कदमी लिएको बताउनु भयो । सम्मेलनमा अखिल(क्रान्तिकारी) का जिल्ला अध्यक्ष रेशम कटुवाल, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटीका सदस्य इन्द्र बहादुर मगर, पालिका कमिटीका सदस्य भक्त चन्द लगाएतले मन्तव्य राख्नु भएको थियो । ­तारा बहादुर शाहीको अध्यक्षतामा भएको सम्मेलनमा घनश्याम परियारले स्वागत र प्रकाश सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। नव निर्वाचित समिती लाई निर्वाचन संयोजक श्रीकृष्ण रिजाल र माओवादी रघुगंगा गाउँपालिका कमिटी का अध्यक्ष हरी भण्डारीले सपथ ग्रहण गराउनु भएको थियो।