बालकृष्ण कटुवालको नेतृत्वमा भगवतीमा वडा कमिटी गठन

  • ४ मंसिर २०७८, शनिबार
  • 891 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा माओवादी केन्द्रको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट विरबहादुर कटुवालको (बालकृष्ण ) नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा निर्मल कटुवाल र विष्सु भण्डारी, सचिवमा राजेश परियार, सह-सचिवमा कल्पना भण्डारी चयन हुनुभएको माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष हरी भण्डारीले बताउनुभएको छ ।

वडा कमिटीको सदस्यहरुमा चन्द्रबहादुर कार्की, डेगबहादुर कार्की, सम्झना केसी, धुव्र केसी, विमल केसी, विमल भण्डारी, इन्द्र खत्री, पार्वती भण्डारी, हिमाल कार्की, देवी भण्डारी, रवि केसी लगायत निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक श्रीकृष्ण रिजालले पदभार ग्रहण गराउनुभएको थियो । रघुगंगा गाउँपालिका इन्चार्ज रिम बहादुर कटुवालले वडा-वडामा माओवादी बलियो भएमा माओवादीको एजेण्डालाई कार्यान्वन गर्न सहयोग पुग्ने बताउनुभयो ।

माओवादी जनयुद्धले जन्माएको गणतन्त्र र संघीयता र समावेशी ब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न वडामा युवाहरुको नेतृत्वलाई जोड दिएको बताउनुभयो । समाजको राम्रा कामको पं्रशसा र गलत काम विरुद्ध सचेत गराउने अभियान निर्वाचित टिमले ध्यान दिन आग्रह गनुभएको थियो । वडा अधिवेशनमा रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष भण्डारीले माओवादी आन्दोलनका कारण संघीयता लागू भएर दुर्गममा बिकास गतिबिधी बढेको र महिला, दलित, आदीबासी जनजाती, महिलाले अवसर पाएको कार्यकर्तामाझँ जानकारी गराउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष कटुवालले माओवादीका ऐजेण्डालाई कार्यान्वयन गराउन आगामी निर्वाचनमा माओवादीको नेतृत्व वडामा गराउने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष नरबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । शनिबार जिल्लाभर सबै वडामाा अधिबेशन गर्न जिल्लाका नेताहरु वडावडामा पुगेका छन् ।