बेनी नगरपालिका स्थित ७ र ८ वडामा माओवादी केन्द्रको कमिटी गठन

  • ४ मंसिर २०७८, शनिबार
  • 973 पटक पढिएको

 

म्याग्दी, ४ मंसिर । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ वडामा नेकपा माओवादी केन्दको वडा कमिटी गठन गरिएको छ। देशब्यापी एकैसाथ स्थानीय तहका वडामा गरिने अधिवेशन अन्तगरत शनिबार दुई वडामा अधिवेशन सम्पन्न गरिएको हो ।

अधिवेशनबाट वडा नम्वर ७ मा विजयी किसान र ८ वडामा मोहन बरुवालको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ। बेनपा ७ को वडा कमिटीको उपाध्यक्षमा बिजुला किसान बानियाँ, सचिवमा कृष्णप्रसाद शर्मा, सह-सचिवमा सुशेस ढुंगना, कोषाध्यक्षमा नरबहादुर दर्नाल रहेको २९ सदस्यीय कमिटी गठन गरिएको नगर अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै वडानम्वर ८ मा बरुवालको नेतृत्वमा रहेको वडा कमिटीको उपाध्यक्षमा टेकबहादुर भट्टराई, सचिवमा विष्णु गौतम जैसी, सहसचिवमा रामबहादुर खड्का कोषाध्यक्षमा यामकुमारी विश्वकर्मा (अनु ) रहेको पदाधिकारी सहितको २९ सदस्यीय कमिटी गठन गरिएको निर्वाचन समिकिा संयोजक देवराज शर्माले जानकारी दिनुभयो ।
बेनपा ८को वडा अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य विनोद केसीले देश माओवादीको ऐजेण्डामा अघि बढेको बताउदै कार्यान्वयनका लागि वडावडामा रहेका नेता तथा कार्यकर्ता सक्रियता बढाउन आग्रह गर्नुभयो । गण्डकी प्रदेशका सांसद समेत रहेका केसीले माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा महिला, दलित, आदीबासी जनजाती महिलाले अवसर पाएको बताउनुभयो ।
मोहन बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा इन्चार्ज देवी केसीको स्वागत, सचिव दिपेन्द्र विश्वकर्माको संचालनमा भएको अधिवेशनमा वाईसिएल बेनी नगरपालिका इन्चार्ज किसान विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।