ताजा अपडेट

म्याग्दी सुन्तलाको विरुवामा आत्मनिर्भर, पचहत्तर हजार बिरुवा वितरण

म्याग्दी, २६ असार ।  सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन । म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार... पुरा पढ्नुहोस

ठुलोखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी, २६ असार । म्याग्दीको बेनी नगरपालीका ४ को ठूलोखोला र स्वाँतको सिमानामा पर्ने म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । ३७ लाख ७८ हजार ६६५ रुपैयाको लागतमा निर्माण भएको ७५ मिटर झोलुङ्गे पुलबाट २०७ घरधुरीका एक हजार ३४ जनसंख्या लाभान्वित भएका छन् । सिंगा, ठूलोखोला, स्वाँत, थामडाँडा, तातोपानी... पुरा पढ्नुहोस

म्याग्दीकाली यातायातको अध्यक्षमा पुनः केसी

म्याग्दी, २६ असार । म्याग्दीकाली यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः विनोद केसी निर्वाचित भएका छन् । समितिको सोमबार बेनीमा सम्पन्न तेस्रो बार्षिक साधारण तथा दोश्रो अधिवेशनले केसीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको हो । समितिको उपाध्यक्षमा देव गर्बुजा, सचिबमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा सुमन श्रेष्ठ र सहसचिबमा... पुरा पढ्नुहोस

थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

मुस्ताङ,२६असार । मुस्ताङको टुकुचेमा निर्माणधिन १३.६ मेगावार्ड बिद्युत प्रशारण क्षमताको थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।आयोजनाले श्रावणको अन्तिम साता देखि प्रशारण सेवा सुरु गर्ने लक्ष लिएर काम गरिरहेको हो ।यही श्रावणको १५ गते बिद्युत परिक्षण प्रसारण सुरु गर्ने योजना छ । करिव ७ मिटर पेनस्टप पाईप जोड्ने... पुरा पढ्नुहोस

रिमा गाउँको चिनारी बजारमा (अडियो सहित)

म्याग्दी, २६ असार । म्याग्दी जिल्ला को अन्नपूर्ण गाउपालिका वडा नम्बर ७ हिस्तानको रिमा गाउँ लाई समेटेको गित बजारमा आएको छ https://youtu.be/TYyAQxI8Aug हिस्तान रिमाका हाल रोजगारी को सिलसिलामा दक्षिण कोरियामा रहनु भएका कुमार पुन र गम्बिर पुनको शब्दमा तयार गरिएको ‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने... पुरा पढ्नुहोस

मुस्ताङका कर्मचारीलाई गाउँपालिकामा खटाईयो

 मुस्ताङ,२५ असार । जिल्ला कर्मचारी व्यवस्थापन समितिले जिल्लामा कार्यरत १५ कर्मचारीलाई ५ स्थानीयतहमा जिम्मेवारी संम्हाल्ने गरि आईतवार देखि काजमा खटाएको छ । स्थानीयतह प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन संम्वन्धि आदेश २०७४ अनुसार गठित जिल्ला कर्मचारी व्यवस्थापन समितिको शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कर्मचारीलाई काजमा खटाउँने निर्णय गरेको हो ।यसअघि... पुरा पढ्नुहोस

मुखमा गम्भीर समस्याबाट पिडित नारच्याङका बुदुजाको उपचारमा सहयोगको आह्वान

म्याग्दी, २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक युवाको मुखमा देखिएको गम्भिर समस्याको उपचारको लागि आर्थिक सहयोगको लागि आह्वान गरिएको छ । चारच्याङका बिशाल बुद्धुजाको मुखको हड्डी र दाँतमा गम्भीर समस्या देखिएको र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत उपचारको लागि आर्थिक... पुरा पढ्नुहोस

भेडापालक कृषकहरुका लागि रु ७० लाख परिचालन (फोटो सहित)

म्याग्दी, २५ असार । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले कालिगण्डकी क्षेत्रका भेडापालक कृषकहरुको लागि चालु आर्थिक बर्षमा रु ७० लाख बजेट परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालय मार्फत प्राप्त कार्यक्रम अन्र्तगत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजिवि नियन्त्रणको लागि पोखरी निर्माण, उन संकलन तथा विक्रि केन्द्र स्थापना, प्रजनन्योग्य... पुरा पढ्नुहोस

कबिता

               कलिको पैसा पैसा ! रात पैसा, दिन पैसा, सवै चिजमा पैसैपैसा । मायाँ मा पैसा, प्रेममा पैसा, ममता किन्न सक्ने पैसा, भावना छिन्न सक्ने पैसा । हो, पैसा !! पैसा नै सवथोक भयो आज । वावुले सन्तान विस्र्याे पैसाकै लागी ।। आमाले ममता विर्सिइ पैसाकै लागी । सन्तानले पैसा... पुरा पढ्नुहोस

टीका गुरुङले गरिन एनआरएनए हङकङको अध्यक्षमा उम्मेदवारी घोषणा

सुन्दर पहिरनमा सजिएर बुधबार बगैँचा रेष्टुरेन्टको मञ्चमा उभिएकी टीका गुरुङले एनआरएनए हङकङको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। २३ जुलाईमा हुने एनआरएनए हङकङको अधिवेशनले अध्यक्ष सहित नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। टीका गुरुङ यसअघि पनि अध्यक्षको प्रत्यासी थिइन, तर चुनाव अन्तत ललित लिम्बुले जितेका थिए। एनआरएनए हङकङको छैठौँ अध्यक्षका... पुरा पढ्नुहोस