ताजा अपडेट

बेनीका व्यवसायीलाई अभिमुखीकरण

बेनी २२ जेठ । बेनीका व्यवसायीहरुलाई आईतबार लेखा व्यवस्थापन र कर निती सम्बन्धि अभिमुखीकरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र ग्लोबल टच कन्सल्ट प्रालीको आयोजनामा सम्पन्न कार्यक्रममा ५० जना ब्यवसायीहरुको सभागीता रहेको थियो । स्थानीय उद्योगी, ब्यापारीहरुलाई लेखा व्यवस्थापन सम्बन्धि आधारभुत ज्ञान प्रदान गरी ब्यवसायीलाई सहज रुपमा अघि... पुरा पढ्नुहोस

विषाक्त खानाले बुहारी–नातिको मृत्यु भएपछि बिचल्ली ! क्रिया खर्च समेत छैन देवीकलासँग

बेनी, २१ जेठ । रघुगंगा–८ पात्लेखर्कका ४६ बर्षीया देवीकला गुरुङ तीनदिन यता मरेतुल्य छिन् । राम्रोसँग बोल्नै सक्दिनन् । कहिले मेरा छोरा, कहिले बुहारी त कहिले सानो नातिबाबु भन्दै बर्बराइरन्छिन् । १७ बर्षदेखि जीवनसाथीको अनुपस्थितिमा उनले दुई छोरा प्रेम –पबहादुर) र नन्दलाई हुर्काए, बढाए र पढाए । १७ बर्षअघि बालबच्चा... पुरा पढ्नुहोस

१४ औँ अन्तरमावि लोकनृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी

म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजद्धारा आयोजित १४ औँ अन्तर मावि लोकनृत्य प्रतियोगितामा बेनी स्थित माउण्ट एभरेष्ट बिजयी भएको छ । बेनी स्थित रुचि चलचित्र हलमा सम्पन्न प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी आवासीय मावि द्धितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि... पुरा पढ्नुहोस

भण्डारीले पुरा गरे बेगखोला, चिमखोल र कुईनेमंगलेका मतदातासंग गरेको चुनाबी प्रतिबद्धता

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले चुनाब अघि मतदातासँग गरेका प्रतिबद्धता पुरा गरेका छन् । आफुलाई निर्वाचित गराए सडक स्तरोन्नति गर्न वेगखोला, चिमखोला र कुईनेमँगलेका मतदातासँग गरेका प्रतिबद्धता उनले पुरा गरेका हुन् । रघुगंगा १ वेगखोलामा सिमफाँट देखि बाहुनडाँडासम्मको सडक, चिमखोला देखि कुईनेमँगलेस्थित रितुङ मावि सम्मको सडकको... पुरा पढ्नुहोस

मा वि स्तरीय शैक्षिक समाग्री प्रदशनिमा जामुनखर्क प्रथम

म्याग्दी २१ जेठ । जिल्ला बाल कल्याण समिति म्याग्दीको आयोजना तथा जिल्ला शिक्षा कार्यालयको सहयोगमा मावि स्तरिय शैक्षिक सामाग्री प्रदशनी गरीएको छ ।  उक्त कार्यक्रममा भुकम्प प्रतिरोधि घरको सामाग्री प्रदशनी गरी जामुनखर्क माविका सुनिल बिक, दिवाकर पौडेल प्रथम, विधुतिय भ्याकुम क्लिनिर प्रदशनी गरी राष्ट्रिय माविका सलिन कार्की, निरज खत्री द्धृतिय,... पुरा पढ्नुहोस

फुड पोइजिङ खानाले ससुराली आएका आमा–छोराको मृत्यु

बेनी, २० जेठ । म्याग्दीको मँगला–५ छिस्वाङमा ससुराली आएका आमा छोराको फोड पोइजिङका कारण ज्यान गएको छ । सासु–ज्वाईको अवस्था गम्भिर छ । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पुर्‍याएपनि त्यहाँ उपचार संभव नभएपछि चारैजनालाई बेनी... पुरा पढ्नुहोस

काठमाडौं महानगरका मेयरको पहिलो निर्णय : वृद्धवृद्धालाई १२ हजार भत्ता, सूर्योदय अगावै फोहोर विर्सजन

काठमाडौं,१८ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

लेट मी डान्सीङ अवार्डको उपाधी दगामीले जितीन्

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा बिजयी भएकी छिन् । त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ अवार्डको बिहीबार भएको फाईनलमा दगामीले उपाधी जितेकी हुन् । १८ वर्षिया दगामीले नृत्य प्रतियोगिताको उपाधीका साथै नगद तिन लाख रुपैया पुरस्कार... पुरा पढ्नुहोस

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान

काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस

चुनावमा साढे दुई करोड खर्च

म्याग्दी, १८ जेठ । गत बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन सम्पन्न गर्न म्याग्दीमा साढे दुई करोड रुपैयाँ भन्दा बढी सरकारी बजेट परिचालन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत दुई करोड ६७ लाख रुपैयाँ... पुरा पढ्नुहोस