शर्मिला भण्डारीबाट ओमकुमारीशान्ति कोषमा सहयोग
- २४ भाद्र २०७४, शनिबार
- धिरन खत्री
- 2728 पटक पढिएको
म्याग्दी, २४ भदौँ । धौलागिरि गाउँपालिका ३ मुनाका धनबहादुर भण्डारी र उहाँकी श्रीमती शर्मिला भण्डारीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषको अक्ष कोषमा सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको छ ।
भण्डारीको दम्पतीले १३ हजार शान्तिकोषलाई सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको हो । रोजगारको शिलशिलामा विदेशमा रहेका धनहादुर भण्डारीको श्रीमती शर्मिला भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको उपचारमा कोषले थालेको अभियानलाई सफल बनाउन सो रकमले सहयोग पु¥याउन सहयोेग गरिएको भण्डारीले बताईन ।
हालसम्म कोषमा पाचँसय भन्दा बढीले आजिवन सदस्यता लिएका छन् । ३० जना भन्दा बढी विरामीले ओमकुमारी शान्तिकोषको सहयोगबाट उपचार प्राप्त गरिसकेका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l