विपीलाई यसरी सम्झीयो नेबिसंघ म्याग्दीेले

  • २५ भाद्र २०७४, आईतवार
  • 1671 पटक पढिएको

म्याग्दी, २५ भदौँ । १०४ औँ विपी जयन्ती नेपाल बिद्यार्थि संघ म्याग्दीले शनिबार साँझ संगमचोकमा दिप प्रज्वलन गरेर मनाएको छ ।


महामानव विश्वेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको प्रमुख आथित्यता सघंका कार्यबाहक सभापति निर्मल खत्रिको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति गर्बुजाले नेपाली राजनीतिमा विपीको सिद्धान्त र विचार अहिलेपनि सान्र्दभिक रहेको र काँग्रेसले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँ इकाई सभापति, निर्वाचन पदाधिकारी र विभिन्न इकाइमा आबद्ध कार्यकर्तालाई खटाउने जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका अन्य पधअधिकारीको समेत उपस्थिती रहेको थियो । उक्क्त कार्यक्रमको सच्चालन म्याग्दी क्यापसका एकाइ सचिव हरिकृष्ण आचार्यले गरेका थिए ।