बौद्ध विहारलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्नेमा जोड
- २४ भाद्र २०७४, शनिबार
- धिरन खत्री
- 1901 पटक पढिएको
म्याग्दी, २४ भदौँ । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेका बौद्ध विहारलाई धार्मिक पर्यटकिय रुपमा विकास गनुपर्नेमा कार्यक्रममा बोल्ने सहभागिले राखेका छन् । म्याग्दी बौद्ध संघको आठौँ साधारण सभा तथा पाँचौ अधिबेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका हुन ।
आठौ साधारण सभा तथा पाचौ अधिवेशनलाई उद्घाटन गदै बौद्ध विहार निर्माण जग्गा दाताँ पुण्यबहादुर शाक्य र लक्ष्मी शाक्यले धार्मिक पर्यटकिय तथा बुद्धको शैक्षिक गन्तव्य बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोडदिनुभएको थियो ।
साधारण सभामा बौद्धविहारका संस्थापक अध्यक्ष प्रकाशकुमार केसी, बेनी नगरपालिका ७का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले डेढ रोपनीमा फैलिएको बोैद्ध विहारलाई धार्मिक पर्यटकिय दृष्टिकोणमा महत्वपुर्ण रहेको हुदाँ यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । पर्यटकिय गन्तव्य बनाउन थप पुर्वाधार निर्मार्ण गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।
म्याग्दी बौद्ध संघका सचिव याम शाक्यको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुबिरकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै बौद्ध संघका भाद्री संगठन महिला बौद्ध संघको प्रगति प्रतिवेदन रेणुका बर्जाचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष आसमाया शाक्यले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै युवा बौद्ध संघको प्रगति तथा आर्थिक प्रतिवेदन संघका उपाध्यक्ष सचिन शाक्यले प्रस्तुत गरेका थिए ।
साधारण सभामा म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, सदस्य भुनु तिलिचाले स्वागतमन्तव्य रहेको कार्यक्रमको संचालनमा सम्पन्न भएको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l