३८ औँ राष्ट्रिय शिक्षा दिवस धौलागिरि मावि सिंगामा मनाइयो

  • २३ भाद्र २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2569 पटक पढिएको

म्याग्दी, २३ भदौँ । विविध कार्यक्रम गरेर ३८ औँ राष्ट्रिय शिक्षा दिवस बेनी नगरपालिका ४ सिंगामा रहेको धौलागिरि माविमा मनाईएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा ¥याली सहित विविध कार्यक्रम गरि मनाएको हो ।


३८ औँ राष्ट्रिय शिक्षा दिवसलाई उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिक्षालाई ब्यवसायिक बनाउनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । बर्तमान समयमा संविधानले तिन ओटा तह विभाजन गरेको हुदाँ समाज राष्ट्रका लागि आवश्यक जनशक्ति तयार गर्न ब्यवहारिक र गुणास्तरिय शिक्षा लागु गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले ३८ औँ राष्ट्रिय शिक्षा दिवसको शुभकामना मन्तव्य राख्दै जिल्लामा पठनपाठनको समयमा विद्यालयभित्र मेलापर्व संचालन नगर्न आग्रह गर्नुभएको थियो । यदि नीति नियम विपरित मेलापर्व संचालन गरेमा कारबाही गरिने बताउनुभयो । त्यस्तै जिल्ला शिक्षा कार्यालय जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले कार्यालयले आर्थिक बर्षमा गरेको प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा स्थायी रुपमा दरबन्दीको पदपुर्ति नहुदाँ विद्यालयमा गुणस्तरिय सेवा प्रवाहमा ढिलाई भएको बताउनुभयो । शिक्षा ब्यवहारिक र गुणस्तरिय शिक्षा प्रदान गर्न आवश्यक जनशक्ति थप गर्न जनप्रतिनिधि तथा स्थानीयबासीले साथ दिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा एकिकृत अखिल क्रान्तिकारी शिक्षक संगठन प्रदेश संयोजक सोमनाथ दुङ्गना, नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका उपाध्यक्ष लेखबहादुर हमाल, प्यावसयन पुर्व अध्यक्ष शिवकुमार श्रेष्ठले संघियताले गाउँ गाउँमा ल्याएको सिहदरवारमा शिक्षाको नीति नियमलाई कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका थिए । दिवसको अवसरमा गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, गाजा युवा क्लवका प्रतिनिधि हरिकृष्ण गौतम, र्धौलागिरि माविका श्रोतब्यक्ति केशव सुवेदी, धौलागिरि माविका प्रअ दण्डबाणी सापकोटा, विद्यालय निरिक्षक दल थापा लगायतले शिक्षा दिवसको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममको अवसरमा एसईमा उतकृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको थियो ।


सो शिक्षा दिवसको बेनी नगरपालिका– ४ सिंगालाई साक्षर वडा घोषणा गरिएको थियो । ४ हजार ३२ जनसंख्या भएको वडालाई ३८ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिससका प्रमुख लगायतको उपस्थितमा घोषणा गरिएको थियो ।


धौलागिरि मावि ब्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काको अध्यक्षता, सदस्य मोहनप्रसाद रेग्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विद्यालय निरिक्षक विश्व रेग्मीले गरेको थिए । दिवसकोअवसरमा विभिन्न विद्यालयका विद्यार्थीले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l