विशेष

घोडा चढेर गुर्जा जाँदै उम्मेदवार(तस्बिर)

म्याग्दी ४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीको टोली घोडा चढेर मतदाता भेटघाट गर्न धवलागिरि गाउँपालिकाका– १, गुर्जा जाँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक सुविधा छैन् । छिमेकी वडा लुलाङदेखि... पुरा पढ्नुहोस

मतदाता भेट्न उम्मेदवार पुग्न थाले खेतवारीमा

बेनी, ४ कात्तिक : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । विहानेदखि बेलुकिसम्म नै कोदो काट्न कृषकहरु वारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतवारी सम्मै पुग्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला... पुरा पढ्नुहोस

गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  म्याग्दी ३ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसिभा तथा प्रदेशसभा निर्वाचनका सत्ता गठबन्धनका दलहरु साझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । गठबन्धन दलका जिल्लास्तरीय नेताहरू उम्मेदवार सहित वडास्तरमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम... पुरा पढ्नुहोस

एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

म्याग्दी ३ कात्तिक । आउँदो मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ पसेका छन् । यसैक्रममा नेकपा एमाले म्याग्दीबाट आसन्न निर्वाचनमा संघ तथा प्रदेशमा उम्मेदवार बनेका उम्मेदवारसहितको टोली मतदाता भेटघाटको अभियानमा लागेको हो । आज (बिहीबार)... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुदमा भलिबल दर्शकका लागि सर्वाधिक प्रिय

–विक्रम गिरी बेनी (म्याग्दी), ३ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीकी ५४ वर्षीया थममाया थापाले महिला भलिबलका कुनै पनि खेल हेर्न छुटाइनन् । घरको कामकाजबाट फुर्सद निकाल्दै उनले भलिबलबाट आनन्द लिइन् । स्कुले जीवनमा थापाले भलिबल खेले पनि जिल्ला र क्षेत्रीय प्रतियोगितामा भने कहिल्यै सहभागी नभएकी उनमा भलिबलप्रतिको रुची भने अहिले... पुरा पढ्नुहोस

घोडेपानीमा घोडा दौड हुने

म्याग्दी ३ कात्तिक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा एपिएफ क्लब बिजयी(तस्बिर सहित)

बेनी, २ कात्तिक : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस्रो... पुरा पढ्नुहोस

महिला भलिवलमा बागमति तेस्रो

बेनी, २ कात्तिक । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा बागमति प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति तेस्रो भएको हो । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको... पुरा पढ्नुहोस

चिमखोलामा निःशुल्क दन्त उपचार शिविर सम्पन्न

म्याग्दी, २ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीनदिने दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा १९७ जनाले दाँतको उपचार सेवा लिएका छन् । शिविरमा ५५ जनाको दाँत भर्ने, ९७ जनाको किराले खाएको दाँत झिक्ने, १८ जनाको दाँत सम्बन्धी उपचार, ४ जनाको दाँत... पुरा पढ्नुहोस

महिला भलिवलको फाइनलमा एपिएफ र पुलिस क्लब भिड्दै

बेनी, २ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुँदै छ । गत असोज २७ गतेदेखि बेनीमा जारी प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । मंगलवार भएको सेमिफाइनलमा एपिएफलले बागमती र... पुरा पढ्नुहोस