विशेष

निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन

बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ । कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट... पुरा पढ्नुहोस

उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा

म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको मेयरमा काँग्रेसबाट हरिकुमार श्रेष्ठको उम्मेदवारी पक्का

म्याग्दी, ११ वैशाख । नेपाली काँग्रेसले बेनी नगरपालिकाको मेयरमा जिल्ला सचिब हरिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगर समितिले श्रेष्ठसहित पूर्व सहसभापति एवँ महासमिति सदस्य नेत्र महत र सचिब क्या. मिनबहादुर कार्कीलाई मेयरको उम्मेद्वार बनाउने सिफारिश गरेको थियो । काँग्रेस जिल्ला कार्य समितिले मेयरको उम्मेद्वार टुगो... पुरा पढ्नुहोस

कुनै सुविधा लिन्नः डमबहादुर पुन

म्याग्दी, ११ वैशाख । अन्नपूर्ण गाउँपालिकाका प्रमुखलाई नेपाली काँग्रेसका उम्मेद्वार क्या.डमबहादुर पुनले गाउँपालिकाको प्रमुखमा निर्वाचित भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने बताएका छन् । चुनाबी अभियानका क्रममा गाउँपालिका अन्र्तगत दोसल्लेमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो घोषणा गरेका हुन् । घोरेपानीका सफल पर्यटन व्यवसायी र अवकाश प्राप्त भारतीय... पुरा पढ्नुहोस

म्याग्दीमा वाईसियल परिचालन यसरी हुँदैछ चुनावका लागि

म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल, म्याग्दीले स्थानीय चुनावमा राता मान्छेहरु परिचालन गर्ने रणनीती बनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा २ सय भन्दा बढी युवालाई राजनैतिक तथा शारीरिक प्रशिक्षण समेत दिएको छ । गत बैशाख ४ गतेबाट म्याग्दीको... पुरा पढ्नुहोस

विप्लब नेतृत्वको नेकपाद्धारा बेनीमा निर्वाचन प्रतिरोध जनसभामा शक्ति पर्दशन

म्याग्दी, १० वैशाख । स्थानीय तहको निर्वाचन बहिस्कार गरेको नेपाल कम्युनिष्ट पार्टीले आईतवार बेनीमा निर्वाचन बहिस्कार प्रतिरोध सभा गरेको छ । नेत्र विक्रम चन्द्र (बिप्लब) नेतृत्वको सो पार्टीले निर्वाचन बहिस्कार अभियान अन्र्तगत एकिकृत जनजागरण तथा प्रतिरोध सभा गरेको हो । सो पार्टीको धौलागिरी व्युरोको आयोजनामा भएको सभामा बोल्दै नेपाल कम्युष्टि... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकामा माओवादीका उमेद्वार घोषणा

म्याग्दी, ९ वैशाख । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालीकाले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनका उमेद्वारहरु शनिबार सार्वजनिक गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार पार्टी स्थापना तथा लेलिन दिवसको अवसर पारेर ठूलोबगरमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाको अध्यक्षमा कुलबिर राम्जाली र उपाध्यक्षमा लालकुमारी पुनको उमेद्वारी घोषणा भएको हो... पुरा पढ्नुहोस

पुलाचौर र कुहुँमा राजमोको चुनाव प्रचार समिति गठन

राष्ट्रिय जनमोर्चा म्याग्दीले बेनी नगरपालीका ५ पुलाचौर र मंगला गाउँपालीका १ कुहुँमा वडा कमिटि गठन गरेको छ । प्रेमबहादुर दर्जीको अध्यक्षतामा पुलाचौरमा गठन भएको कमिटीको उपाध्यक्षमा हिराबहादुर दर्जी, सचिवमा हर्कबहादुर दर्जी, कोषाध्यक्षमा बलबहादुर दर्जी, सदस्यमा योगेन्द्र परियार र लक्ष्मी परियार रहनुभएको छ । यसैगरी कुहुँमा टेकमान रसाईलीको अध्यक्षतामा गठन भएको... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका प्रमुखमा एउटै वडाका पुनद्धय मैदानमा, माओवादी रणनिती बनाउँदै

म्याग्दी, ८ वैशाख । अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट एउटै वडाका पुनद्धयले प्रतिस्पर्धा गर्ने भएका छन् । गाउँप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण –६ घोरेपानीका क्याप्टेन डमबहादुर पुन र नेकपा एमालेको तर्फबाट अन्नपूर्ण–६ चित्रेका नारायण पुन उम्मेदवार बन्ने पक्का भएको हो । घोरेपानीका होटल व्यवसायी समेत रहेका... पुरा पढ्नुहोस