चिमखोलामा निःशुल्क दन्त उपचार शिविर सम्पन्न

  • २ कार्तिक २०७९, बुधबार
  • 733 पटक पढिएको

म्याग्दी, २ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा निःशुल्क तीनदिने दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालयन परियोजना नेपालको आयोजनामा सञ्चालित शिविरमा १९७ जनाले दाँतको उपचार सेवा लिएका छन् ।
शिविरमा ५५ जनाको दाँत भर्ने, ९७ जनाको किराले खाएको दाँत झिक्ने, १८ जनाको दाँत सम्बन्धी उपचार, ४ जनाको दाँत सफा , ४ जनाको दाँत मिलाउने र १९ जनाको स्वास्थ्य परिक्षण सेवा प्रदान गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा दाँत सम्बन्धी समस्या भएर उपचार गराउन नसकेका स्थानीयबासीहरु लाभाविन्त बनेको वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले जानकारी दिनुभयो ।

शिविरमा बेल्जियमका बिशेषज्ञ डाक्टर जेन बेल्जियम सहित शर्मिला पुन, ससिना पुर्जा, सम्झना थापा सहित स्वास्थ्यकर्मीहरुको टोलीले दाँत परिक्षण र उपचार सेवा प्रदान गर्नुभएको थियो । दन्त शिविरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई स्थानीयबासीले भव्य सम्मान सहित चिमखोले डोको उपचार प्रदान गरेका छन् ।