विशेष

तिहारको अन्तिम दिन भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

  काठमाडौँ, १० कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार... पुरा पढ्नुहोस

पिङमा चाचाहुँई (तस्बिर)

बेनी, ९ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तिहारको अवसरमा हालिएको पिङ खेलेर रमाईलो गर्दै स्थानीय । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

नारच्याङ झरनामा पर्यटक (तस्बिर)

बेनी,९ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका पर्यटकहरु । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तरगत गर्ने यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । यस झरनालाई छहराखोला झरनाको नामले समेत चिनिन्छ । नारच्याङको वेशी गाउँको शिरमा रहेको यस झरनाको नजीकै मन्दिर समेत रहेको छ भने... पुरा पढ्नुहोस

हराउँदै ‘सोरठी नाच’

बागलुङ ९ कात्तिक । बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ... पुरा पढ्नुहोस

धौलागिरि हिमालको आधार शिविर

म्याग्दी, ७ कात्तिक । राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीवासीहरुको समूह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवर्धनका लागि... पुरा पढ्नुहोस

म्याग्दीको विकासमा हस्तक्षपकारी भूमिका खेल्न मेरो उम्मेदावारी : उम्मेदवार हरि भण्डारी

म्याग्दी, ८ कात्तिक । रघुगंगा गाउँपालिका–२ रुइसेटोल (सिजलगाउँ) का ३७ बर्षिय हरि भण्डारी यतिबेला म्याग्दी जिल्लाबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका माओवादीका युवा नेता भण्डारी यतिबेला जनताको घरदैलोमा भेटघाट, छलफल र मत माग्नुका साथै स्थानीयबासीको समस्या... पुरा पढ्नुहोस

पूर्व विद्यार्थीले जुटाए एक करोड सहयोग

म्याग्दी ८ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले रु एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी सङ्घले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । सङ्घका अध्यक्ष भरतबहादुर थापाले... पुरा पढ्नुहोस

काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीद्वारा मल्कवाङमा घरदैलो

म्याग्दी ८ कात्तिक । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले मंगलबार धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन) सहितको टोलीले मल्कवाङको विकासमा परिणामुखी काम गर्न यसपटक गठबन्धनको उम्मेदवारलाई बिजय बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पाँचबर्षमा मतदातालाई... पुरा पढ्नुहोस

औपचारिकतामा सीमित हुँदै तिहार, मौलिकता हराएर जाँदै

म्याग्दी ८ कात्तिक । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित... पुरा पढ्नुहोस

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

काठमाडौँ, ८ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।... पुरा पढ्नुहोस