महिला भलिवलको फाइनलमा एपिएफ र पुलिस क्लब भिड्दै

  • २ कार्तिक २०७९, बुधबार
  • 597 पटक पढिएको

बेनी, २ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुँदै छ । गत असोज २७ गतेदेखि बेनीमा जारी प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।


मंगलवार भएको सेमिफाइनलमा एपिएफलले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पराजीत गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । ७ प्रदेश र तीन विभागीय टिमले सहभागीता जनाएको प्रतियोगीताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभागीय टिमले स्थान सुरक्षित गरेका छन् ।

आज प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुनुअघि विहान १० बजे तेस्रो स्थानका लागि सेमिफाइनलसम्म पुगेका गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । दिउँसो १ बजेदेखि दुई विभागीय टिमबिचको फाइनल खेल सञ्चालन गरिने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।