म्याग्दी समाचार

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

  म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर अन्तरगत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । कोरिडोर अन्तरगत अन्तरगत म्याग्दीका अन्नपुर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेपुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात... पुरा पढ्नुहोस

बेगखोलामा पक्की पुल निर्माण सुरु

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डवल स्पाम भएको पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि बीओकेआई÷ हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख... पुरा पढ्नुहोस

कोरोना संक्रमणको कारण धवलागिरि गाउँपालिकाको सेवा एक साताको लागि बन्द

म्याग्दी १७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाबाट प्रवाह हुने सेवा एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी संगै सर्वसाधारणमा समेत कोरोनाको संक्रमण बढेपछि माघ १७ गतेदेखि २३ गतेसम्म सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकाको चौधौं गाउँसभाबाट साढे दुई करोड बजेट विनियोजन

म्याग्दी, १७ माघ । अन्नपुर्ण गाउँपालिकाको चौधौ गाउँसभाट थप २ करोठ ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग... पुरा पढ्नुहोस

प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग

समिर रोका मगर । म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा १... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा विद्युतीकरण योजना अधुरै

म्याग्दी १७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने... पुरा पढ्नुहोस

भेडाबारीमा सुन्तला विक्रिबाट २१ लाख आम्दानी

  म्याग्दी, १७ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर रु. २१ लाख आम्दानी गरेका छन् । २० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यसपाली रु. २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम... पुरा पढ्नुहोस

कुष्ठरोग सम्वन्धी बेनीमा अन्तरक्रिया

‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ विश्व कुष्ठरोग दिवसमा बेनीमा अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न नदिन के गर्ने, बिरामीले कसरी सावधानी अपनाउने र नियन्त्रण लगायतका विषयमा पत्रकारसंग अन्तरक्रिया गरिएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालय माघ मसान्तसम्म बन्द हुने

  म्याग्दी, १५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्नेे निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । डिसिसिएमसीका संयोजक एवम् प्रजिअ... पुरा पढ्नुहोस

प्रहरी कार्यालयमा थुनुवा भेटघाट कक्ष र बैठक हल निर्माण

  म्याग्दी, १५ माघ । जिल्ल प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक हल निर्माण गरिएको छ । थुनुवा भेट्न आउनेलाई सहज रुपमा भेटघाट कक्ष र प्रहरीको विभिन्न बैठक लगायतको कार्यक्रमका लागि सहज गराउन नव–निर्मित बैठक कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले गर्नुभयो । हिरासतमा बसेकालाई भेट्न आउने आफन्तजन खुल्ला... पुरा पढ्नुहोस