म्याग्दी समाचार

बजेट अभावले रानी पौवा बृहत खानेपानी आयोजना अलपत्र

म्याग्दी, ३ फागुन । रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत खानेपानी आयोजना चारबर्षदेखि बजेट अभावले अलपत्र परेको छ । रानीपौवामा चारबर्ष अघि एक घर एक धारा कार्यक्रम अनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीलाई सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा... पुरा पढ्नुहोस

निर्वाचन लक्षित राजनीतिक दलहरूमा दौडधुप सुरु

म्याग्दी, २ फागुन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा दौडधुप सुरु भएको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम गरेका छन् । वडा, पालिका र... पुरा पढ्नुहोस

लघुजलविद्युत पुननिर्माण भएपछि लुलाङमा करिब साढे पाँच महिनापछि बल्यो विजुली

म्याग्दी १ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बाढीले बगाएको लघुजलविद्युत परियोजना करिब साढे ५ महिनापछि पुननिर्माण भएको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो ।  गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख... पुरा पढ्नुहोस

रघुगंगा नदिमा दुई जलविद्युत् आयोजना निर्माणको काम धमाधम

म्याग्दी,  १ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने रघुगंगा नदीमा एकैसाथ दुईवटा जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८ दमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईवटै... पुरा पढ्नुहोस

सुदिप स्मृति कोषको विविध कार्यक्रम

बेनी, १ फागुन । सुदिप रावल स्मृति कोषले आइतबार १३ औ स्मृति दिवस अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागी पीडित र यूवा क्लवलाई खेलकुद साम्रागी वितरण गरेको हो । जिल्ला प्रथम... पुरा पढ्नुहोस

जनयुद्ध दिवसको अवसरमा बेनीमा सहिद स्मृति भवनको शिलान्यास (तस्वीर सहित)

म्याग्दी १ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले २७ औँ जनयुद्ध दिवसको अवसरमा बेनीमा सहिद मदन स्मृति भवनको शिलान्यास गरेको छ । बेनी नगरपालिका–७ मारानथानमा पार्टीको जिल्ला कार्यालय भवन निर्माण गर्न लागिएको हो । जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा म्याग्दीका सहिद मदन केसीका आमा खिमकुमारी केसीले भवनको... पुरा पढ्नुहोस

सिंगामा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना( तस्वीर सहित)

म्याग्दी १ फागुन । नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा अवसरमा वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।   https://youtu.be/rTIzeqbxYq0     शनिवार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

चिमखोलामा प्रहरी पोष्ट स्थापना

म्याग्दी, २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलबिद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस

लायन्स अन्तराष्ट्रियको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित

म्याग्दी २९ माघ । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको दशौं महाधिवेशनको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका केसीले १ सय ८५ मत प्राप्त गर्नुभएको थियो । म्याग्दीका १० वटा लायन्स... पुरा पढ्नुहोस

शनिवारका दिन पार्टीको कार्यक्रममा रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग

म्याग्दी २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग भएको छ । शनिवार विदाको दिनमा पार्टीको काममा गाउँपालिकाको गाडी प्रयोग गरि दुरुपयोग भएको हो । बेनी नगरपालिका–४ डाँडाखेतमा काँग्रेसको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बेनीबाट नेपाली काँग्रेस म्याग्दीका उप–सभापति केवी भण्डारी र काँग्रेस निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्यालले... पुरा पढ्नुहोस