कोरोना संक्रमणको कारण धवलागिरि गाउँपालिकाको सेवा एक साताको लागि बन्द

  • १७ माघ २०७८, सोमबार
  • 573 पटक पढिएको

म्याग्दी १७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाबाट प्रवाह हुने सेवा एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी संगै सर्वसाधारणमा समेत कोरोनाको संक्रमण बढेपछि माघ १७ गतेदेखि २३ गतेसम्म सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७ देखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।


गाउँपालिकाका कर्मचारीहरुमा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना ( भाइरस ) को संक्रमण पुष्टि भएको र सर्बसाधारणमा पनि संक्रमण बढेकाले नियन्त्रणका लागि सेवा बन्द गरिएको अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय बढी छन् ।