प्रहरी कार्यालयमा थुनुवा भेटघाट कक्ष र बैठक हल निर्माण

  • १५ माघ २०७८, शनिबार
  • 875 पटक पढिएको

 

म्याग्दी, १५ माघ । जिल्ल प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक हल निर्माण गरिएको छ । थुनुवा भेट्न आउनेलाई सहज रुपमा भेटघाट कक्ष र प्रहरीको विभिन्न बैठक लगायतको कार्यक्रमका लागि सहज गराउन नव–निर्मित बैठक कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले गर्नुभयो ।

हिरासतमा बसेकालाई भेट्न आउने आफन्तजन खुल्ला आकास बसेर बस्नुपर्ने समस्या हिरासत अगाडी निर्माण गरेको भेटघाट कक्षले सहज बनाएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । प्रहरी नायव उपरिक्षक राईले कार्यालयको आन्तरिक स्रोत, बेनी नगरपालिका वडानम्वर ७ लगायत विभिन्न दाताहरुको सहयोग र प्रहरी कर्मचारी श्रमदान प्रयोग गरेर कक्ष बनाएको बताउनुभभो । यसैगरी प्रहरी कार्यालयको आन्तरिक बैठक तथा तालिमहरुको लागि ब्यारेकको भवनमा तला थपेर हल निर्माण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रजिअ चिरञ्जिवी रानाले थप पुर्वाधार निर्माणले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि नीति नियम कार्यान्वयनका लागि योजनाहरु बनाउन, प्रहरीको क्षमता विकास तालिम र छिटोछरितो सेवाप्रवाह गराउन सहज हुने बताउनुभयो ।


बेनी नगरपालिका वडानम्वर ७ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र पत्रकार महासंघ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउन जिल्लासंगै ग्रामिण भेगमा रहेका प्रहरी कार्यालयको पुर्वाधार भरपर्दो बनाउन तर्फ पहल गर्न सुझाव दिनुभएको थियो । प्रहरी नायव उपरिक्षक राईको अध्यक्षता, प्रहरी निरिक्षक गुरुङको स्वागत तथा प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीको संचालनमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।