म्याग्दीका विद्यालय माघ मसान्तसम्म बन्द हुने

  • १५ माघ २०७८, शनिबार
  • 911 पटक पढिएको

 

म्याग्दी, १५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्नेे निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो ।

डिसिसिएमसीका संयोजक एवम् प्रजिअ प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या ३ सय नाघेको र बालबालिका समेत जोखिममा रहेको अवस्थामा सीसीएमसीको निर्णय अनुसार नै जिल्लाभित्र भौतिक रुपको पठनपाठन बन्द गरिएको बताउनुभयो ।
‘बालबालिकामा समेत कोरोनाको लक्षण देखिएको छ, भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरिएको छ’, प्रजिअ रानाले भन्नुभयो । उनले माघ महिनापछिको अवस्थालाई मध्यनजर गरी अर्को निर्णय गरिने छ। पठनपाठन बन्द भएको अवस्थामा बालबालिकालाई शैक्षिक गतिविधिमै ब्यस्त हुने गरी कार्यतालिका बनाउन स्थानीय तहमार्फत विद्यालयलाई समेत सघाउन अनुरोध गरिएको छ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियानलाई निरन्तरता दिइएको छ। यसैबीच बैठकले जिल्लाभित्रका तातोपानी कुण्डमा स्नान गर्न समेत माघ मसान्तसम्म रोक लगाएको छ। ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमलाई रोक्न जिल्लाभित्र अनिवार्य मास्क र खोप अभियानमा सहभागी हुन समेत अनुरोध गरिएको छ।

सिनेमाहल, डान्सबार, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम पनि बन्द गरिएको छ । सास्कृतिक तथा धार्मिक चाडपर्वहरुरुमा मेला, भेला लगायतका विभिन्न कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना बढी उपस्थित नगराउन निर्देशन गरेको छ । सबै प्रकारका पेशा तथा ब्यवसायहरुले जनस्वास्थ्य मापदण्डहरु पुर्ण रुपमा पालना गर्न गराउन विज्ञप्तीबमार्फत निर्देशन जारी गरेको छ। कोभिड रोकथामका लागि सीसीएमसीले गरेको निर्देशन प्रभावकारी रुपमा कार्यान्वयनमा मौन रहेको छ ???