म्याग्दी समाचार

लायन्स अन्तराष्ट्रियको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित

म्याग्दी २९ माघ । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको दशौं महाधिवेशनको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका केसीले १ सय ८५ मत प्राप्त गर्नुभएको थियो । म्याग्दीका १० वटा लायन्स... पुरा पढ्नुहोस

शनिवारका दिन पार्टीको कार्यक्रममा रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग

म्याग्दी २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग भएको छ । शनिवार विदाको दिनमा पार्टीको काममा गाउँपालिकाको गाडी प्रयोग गरि दुरुपयोग भएको हो । बेनी नगरपालिका–४ डाँडाखेतमा काँग्रेसको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बेनीबाट नेपाली काँग्रेस म्याग्दीका उप–सभापति केवी भण्डारी र काँग्रेस निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्यालले... पुरा पढ्नुहोस

सिंगामा माओवादीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण,सम्पर्क कार्यालय स्थापना(तस्वीर सहित)

म्याग्दी २९ माघ । २७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको अवसरमा वडा समितिको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ ।   कार्यक्रममा बोल्दै नेकपा (माओवादी... पुरा पढ्नुहोस

रक्तक्यान्सरबाट थलिएका रुमका १० बर्षीय बालकको उपचारमा समस्या

रुम, २८ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु. छ लाख भन्दा... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी २८ माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा त्रिविक्रम शर्मा, महिला उपाध्यक्षमा रुपा विक, उपाध्यक्षमा गोविन्द पुन, सचिबमा खगेन्द्र विक, सह–सचिबमा सुदिप... पुरा पढ्नुहोस

म्याग्दीमा फागुन १ गतेदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने

म्याग्दी २८ माघ । कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने भएको छ । विद्यालयहरुसंगै, तातोपानी कुण्ड, पर्यटकीय तथा धार्मिक क्षेत्रहरु समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि खुलाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड– १९ संकट... पुरा पढ्नुहोस

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

म्याग्दी २८ माघ । सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको... पुरा पढ्नुहोस

ब्यावसायिक केरा खेतीबाट आम्दानी सुरु

म्याग्दी, २८ माघ । म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु ब्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कोरोना महामारीपछि युवाहरु बैदेशिक लगायतको रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ। युवाहरुले निर्वाहमुखी खेती हुने जग्गामा लगानी गरेर सुन्तला, केरा, किवी संगै तरकारी र पशुपालनमा कुखुरा,... पुरा पढ्नुहोस

बेनी अस्पतालको अध्यक्षमा सुवेदी

म्याग्दी, २७ माघ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६ अथुङ्गेका सुवेदीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो । सुवेदी नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव हुनुहुन्छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस, एकीकृत समाजबादीसहित सत्ता गठबन्धबाट, नगरपालिका मेयर र... पुरा पढ्नुहोस

नदीको कटानबाट बेनीबजारलाइ जोगाउन तटबन्धको काम सुरु

  म्याग्दी २६ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार... पुरा पढ्नुहोस