कुष्ठरोग सम्वन्धी बेनीमा अन्तरक्रिया

  • १६ माघ २०७८, आईतवार
  • 1053 पटक पढिएको

‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ विश्व कुष्ठरोग दिवसमा बेनीमा अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न नदिन के गर्ने, बिरामीले कसरी सावधानी अपनाउने र नियन्त्रण लगायतका विषयमा पत्रकारसंग अन्तरक्रिया गरिएको थियो ।


स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुख एकनारायण लम्सालले म्याग्दीका कृष्ठरोग लागेका ९ जनाले नियमित औषधी सेवन गरेको बताउनुभयो । गतबर्षका ३ जना र चाुल आर्थिक बर्षमा पुष्टि भएका ६ जनासहित ९ जनाले नियमित औषधी सेवन गरिरहेको कार्यालयको तथ्याकंमा छ । स्वास्थ्य कार्यालयमा ०७८/०७९ मा कृष्ठरोगी बेनी नगरपालिका १ महिलासहित ३ जना र अन्नपुर्ण, रघुगंगा र मालिका गाउँपालिकामा एक÷एक जनासहित ६ जनामा पुष्टि भएको छ । गत आर्थिक बर्षमा १३ जना कृष्ठरोगी पहिचानमध्ये नियमित औषधी सेवनप्रश्चात ९ जना निको भएको स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल प्रर्सन गणेस सुवेदीले बताउनुभयो । ‘यो रोग पहिचान भएका विरामीले नियमित औषधी सेवन गरेमा निको हुन्छ ।’


कुष्ठरोग माईकोब्याक्टेरिया लेप्रा नामको किटाणुबाट एक अर्कामा श्वासप्रश्वास माध्यमबाटसर्ने रोग हो, यो रोग लागेमा शरिरको कुनै भाग चिलाउने तथा चेतना नभएका दागहरु देखा पर्ने, शरिरमा गिर्खाहरु देखिने, हातखुट्टा झमझमाएमा, हत्केला तथा पैतालामा स्पर्श शक्ति हराएमा वा नदुख्ने घाउ घएका केष्ठ रोगको लक्षण भएको कृष्ठ रोगका फोकल पर्सन सुवेदीले अन्तरक्रियामा भन्नुभयो । कृष्ठ रोग समयमै पहिचानसंगै स्वास्थ्य संस्थाबाट प्राप्त हुने निशुल्क औषधी नियमित प्रयोग गरेमा निको हुने बताउदै रोगको पहिचानसंगै समयमै उपचार गरेर अपांगता हुनबाट जोगिन कृष्ठरोग विरामीलाई स्वास्थ्य कार्यालय आग्रह गरेको छ ।

कृष्ठरोगको औषधी निशुल्क रुपमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पाईन्छ । निशुल्क प्राप्त औषधी कृष्ठरोगीले प्रयोग गरेमा समयमै निको हुने कार्यालय प्रमुख लम्सालले भन्नुभयो । नेपालको तथ्यांकमा म्याग्दीमा रेड जोनमा छ । कुष्ठरोग निवारण भएको मुलुकका रूपमा घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ ।