कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

  • १८ माघ २०७८, मंगलवार
  • धिरन खत्री
  • 1021 पटक पढिएको

 

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर अन्तरगत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । कोरिडोर अन्तरगत अन्तरगत म्याग्दीका अन्नपुर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेपुल निर्माण सम्पन्न भएको छ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर निर्माण कम्पनीले मोटरेबल निर्माण सम्पन्न गरेको इन्जिनियर आशिक रिजालले बताए । पोखरेबगर महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो ।


पोखरेबगरमा ७० मिटर लम्वाई ११ मिटर चौडाई ११ मोटरेबल पुल भ्याटसहित ८ करोड २४ लाखमा लिएको थियो । यसको केही समयपछि संचालनमा गर्नेसहित काम सम्पन्न भएको ईन्जिनियर आशिक रिजालले जानकारी दिए । कोरोना महामारी लगायतका समस्याले २०७८ पुषमसान्त सम्म १ बर्षको म्याद थप गरिउको थियो ।

महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो ११ मिटर चाडाई भएको मोटरेबल पुल भ्याटसहित ९ करोड ९ लाखमा जेभिले निर्माणको जिम्मा लिएको थियो । असोजमा काम सम्पन्न गरी हाल पुलमा यातायात सुचारु भएको पुल महाशाखाका इन्जिनियर रिजालले बताए । एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ । २०८० साल चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते े बिओकेआई–हिमालयन जेभीले भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको इन्जिनियर रिजालले जानकारी दिए । विभागले पोखरेबगर, महभिर र बेगखोलामा निर्माण व्यवसायीले पुलको डिजाइन आफै गर्ने ठेक्का सम्झौतामा भएको छ ।

निर्माण कम्पनीले आवश्यक उपकरणसहित पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । पुल महाशाखा र कालीगण्डकी कोरिडोर आयोजनाले बेनी–जोमसोम सडकमा मोटरपुल निर्माण योजनालाई प्राथमिकता दिएर अघि बढाएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l