अन्नपुर्ण गाउँपालिकाको चौधौं गाउँसभाबाट साढे दुई करोड बजेट विनियोजन

  • १७ माघ २०७८, सोमबार
  • धिरन खत्री
  • 567 पटक पढिएको

म्याग्दी, १७ माघ । अन्नपुर्ण गाउँपालिकाको चौधौ गाउँसभाट थप २ करोठ ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।


गाउँसभाबाट झोलुङ्गे पुललाई २० लाख १२ हजार र अन्य बजेट शिक्षा, स्वास्थ्य लगायताको क्षेत्रमा विनियोजन गरिएको अलिया बजेट विनियोजन गरको प्रमुख प्रशासकिय अधिकृत पौडेलले भन्नुभयो ।
गाउँसभामा उपाध्यक्ष केशमाया मगरले चालु आर्थिक बर्ष ०७८/०७९ को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको चालुतर्फ ३२ करोड ३० लाख ६० हजार बजेट मध्ये १० करोड ९ लाख ६४ हजार १३३ रुपैयाँ खर्च भएको र पुजिगतर्फ १० करोड ९९ लाख ४० हजार रुपैयाँ बजेटमध्ये ६१ लख ३६ हजार ५४२ खर्च भएको छ । समग्रमा चालुतर्फ ३१. २५ प्रतिशत खर्च हुदाँ पुजिगततर्फ जम्मा ५. ५८ प्रतिशत खर्च भएको देखिन्छ ।


गाउँपालिकाको अनुमानित राजश्व ९० लाख ४० हजार रुपैयाँ मध्ये हालसम्म १५ लाख रुपैया राजश्व संकलन भएको छ । चालु आवमा ३ लाख देखि २० लाखसम्म बजेट भएको ६१ योजनामा हालसम्म ३३ वटा सम्झौता भएको सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले जानकारी दिनुभयो । ३ लाखसम्मका ६९ वटा योजना वडाबाट सम्झौता भएको छ ।
गाउँसभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजाले योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन कर्मचारी र वडाका जनप्रतिनिधिहरु सक्रिय हुन आग्रह गनुभएको छ । गाउँसभा सुरु हुन अघि जनप्रतिनिधि, कर्मचारी र पत्रकारको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l