फिचर

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा होमनाथ पाण्डे

  बेनी, २८ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, म्याग्दीको सातौँ जिल्ला सम्मेलनबाट पुनः होमनाथ पाण्डेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । पाण्डे यसअघि पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिबिक्रम सुबेदी, कोषाध्यक्षमा खबहादुर किसान रहेको समिति सर्वसम्मत... पुरा पढ्नुहोस

पहाड काटेर सडक विस्तार गरिँदै (तस्बिर)

बेनी, २५ माघ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका–२ बावियाचौर स्थित पहाड काटेर सडक विस्तार गरिँदै । कालोपत्रे सहित स्तरोन्नती गर्नका लागि सडकको ट्याक साँघुरो भएपछि अक्करे भिरलाई काटेर सडकलाई फराकिलो बनाउन लागिएको हो । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

महिला शिक्षकको लोभलाग्दो नाच (तस्बिर र भिडियो)

बेनी, २३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा आयोजित अन्तरमावि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा आयोजित समारोहमा नृत्य देखाउँदै हेम माविका महिला शिक्षकहरु । https://www.youtube.com/watch?v=QQZJznjmY7o   पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंगै शिक्षकहरुले नृत्य प्रस्तुत गर्न थालेका छन् । शिक्षकहरुको नृत्यलाई विद्यार्थी र अभिभावकहरुले समेत रुचिका साथ अवलोकन गर्ने गरेका... पुरा पढ्नुहोस

खानी उत्खनन् बैद्यानिक बनाउन पहल गर्छु : मन्त्री जुग्जाली

  म्याग्दी, २१ मघ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले म्याग्दीको मालिका गाउँपालिकाको विभिन्न ठाउँमा रहेको स्लेट खानीलाई वन र... पुरा पढ्नुहोस

दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’

  https://www.youtube.com/watch?v=EX3lkCIaNYg     कमल खत्री लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा... पुरा पढ्नुहोस

विद्यार्थीहरुको रोजाईमा प्राविधिक शिक्षा

म्याग्दी, १९ माघ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी रितु पुर्जाले कक्षा ८ उर्तिण गरेपछि प्राविधिक शिक्षा रोज्नुभयो । स्थानीय प्रभा माविमा कक्षा ८ उर्तिण गर्नुभएकी पुर्जाले कक्षा ९ देखि सोहि विद्यालयमै सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्नुभएको हो । जलविद्युत गाउँको रुपमा विकास भैरहेको नारच्याङमा रोजगारको सुनिश्चिताको लागि आफुले... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो

  म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ । बुधबार क्रेनबाट दूई शिलालाई... पुरा पढ्नुहोस

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई (तस्बिर सहित)

म्याग्दी, १० माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको... पुरा पढ्नुहोस

म्याग्दीका प्रदेश सभा सदस्य रेशम जुग्जाली गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने निश्चित

  बेनी, ९ माघ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक... पुरा पढ्नुहोस

लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन

म्याग्दी, ७ माघ । बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ । शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् । म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता... पुरा पढ्नुहोस