प्रथम सहिद लखन थापामगरको १४६ औँ स्मृती दिवसमा बेनीमा दीप प्रज्वलन

  • २ फाल्गुन २०७९, मंगलवार
  • धिरन खत्री
  • 529 पटक पढिएको

 

बेनी, २ फागनु । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा प्रथम सहिद लखन थापाको १४६ औं स्मृती दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष लोकेश पुनमगरले सहिद थापाको तस्वीरमा माल्याअर्पण र दिपप्रज्वल गर्नुभएको थियो ।

विरेन्द्रचोकमा गरिएको दीप प्रज्वलनमा मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापामगर, सहसचिव रमेस फगामी र कोषाध्यक्ष विष्णु रोकामगर र मगर विद्यार्थी संघका अध्यक्ष दर्पण रोका मगर लगायत मगर विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा मंगर संघ जिल्ला समिति म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले प्रथम सहिदको सम्मान सरकारले गर्न नसकेको बताउनु भयो । उहाँले मगर संघले प्रत्येक बर्ष फागुन २ गते स्मृति दिवस मनाउदै आएको जानकारी गराउदै प्रथम सहिद लखन थापा मगरको स्मृति खोज अनुसन्धान गर्ने प्रतिष्ठान बनाउन सरकारले बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

“सहिद थापामगरको तस्वीर सहिदहरुको सूचिमा पहिलो स्थान राखिनुपर्ने, हरेक सरकारी कार्यालयमा सहिद थापाको तस्विर राख्नुपर्ने र फागुन २ गतेलाई हरेक बर्ष सार्वजनिक विदा दिनुपर्ने मगर संघको माग रहेको छ ।”

दीप प्रज्वलन कार्यक्रमा नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष रोका, सचिव भरत अर्मजा लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l