पुन मगर समाज अन्नपूर्णको नयाँ नेतृत्व चयन

  • १ चैत्र २०८२, आईतवार
  • 1 पटक पढिएको

म्याग्दी, १ चैत । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पहरे पुन मगर चयन हुनुभएको छ। अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतवार सम्पन्न प्रथम पालिका अधिवेशनबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा बोमाया गर्बुजा पुन मगर, सचिबमा सुकबहादुर गर्बुजा पुन मगर, सहसचिबमा गंगा बहादुर पुन मगर र कोषाध्यक्षमा गेममाया पुन मगर चयन हुनुभएको छ । समितिको सदस्यहरुमा प्रेमबहादुर रञ्तिजा पुन मगर, फुल बहादुर गर्बुजा पुन मगर, पुर्ण बहादुर बुढाथोकी पुन मगर, माया कुमारी पुन मगर, टकमाया पुर्जा पुन मगर, हिरादेवी पुर्जा पुन मगर चयन हुनुभएको छ भने दुई सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ । अधिवेशनको शनिवार नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुन मगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले उद्घाटन गर्नुभएको थियो ।