बेनीमा महिला उद्यमीहरुलाई अचार बनाउने तालिम प्रदान

  • ५ फाल्गुन २०७९, शुक्रबार
  • धिरन खत्री
  • 411 पटक पढिएको

 

म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् ।


५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार बनाउने तालिम दिईएको थियो । बरिष्ठ लघुउद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भट्टा, टुसो र मेथी, मेथी ग्रेभी, लप्सी गुलियो लगायतबाट अचारका परिकार बनाउने तालिम दिनुभएको थियो । उहाँले तालिममा सिकेको सिपलाई समय अनुसार उत्पादन हुने बस्तुहरुको अचार बनाएर आयआर्जन बढाउन तालिममा सहभागि दिदिबहिनीलाई आग्रह गर्नुभएको थियो ।


त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समयमा समुदायमा हुने विभिन्न कार्यक्रममा अचारको माग बढेको कारण महिलाहरुलाई अचार बनाउने तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले घरमा मौसमी र बेमौसमी रुपमा उत्पादन हुने बस्तुहरुको स्वादिलो अचार बनाएर विक्रि गर्न तालिममा सहभागिलाई आग्रह गर्नुभएको थियो । उद्यमी बन्नुस उत्पादन भएका अचार लगायत अन्य बस्तुहरुको बजारीकरणको लागि कालिपुलमा संघले ‘कोसेली घर’ संचालन गर्न लागेको जानकारी दिनुभयो ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खडकाले लघुउधम मार्फत आफु, परिवार र समाजलाई आत्मनिर्भर बनाउने किसिमले उद्यमशिलतामा सक्रिय हुन आग्रह गर्नुभएको थियो ।


समापन कार्यक्रममा तालिम सहभागिलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र महिला उघम विकास समितीकी अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उद्यम विकास समितिकी अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष अम्विका श्रेष्ठको समापन मन्तव्य रहेको कार्यक्रममको संचालन सहसचिव राधीका सापकोटाको गर्नुभएको थियो । तालिममा सहभागिहरुले सिकेको सिपलाई ब्यवहार प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

    

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l