कुकुरले खम्बामा पिसाब किन फेर्छ ?

  • १८ बैशाख २०७५, मंगलवार
  • 3380 पटक पढिएको

काठमाडौं, १७ वैशाख । हामी सबैले देखेकै हो, कुकुरलाई बाहिर डुलाउन लादा यदि उसले पिसाब गर्नुपर्यो भने सधै विजुलीको पोल, भित्ता, टायरहरुमा गर्न खोज्छ । कुकुरलाई जति नै खुल्ला र अग्लो ठाउँमा राखिदिए पनि उसले खम्बा, भित्ता र टायरमै पिसाब गर्न खोज्छ् । अर्थात् केही अग्लो ठाउँमा आफ्नो पिसाब छाड्न चाहन्छ । यसो किन गर्छ त उसले ?

एक वैज्ञानिक तर्कको अनुसार कुकुरले सधैँ आफ्नो नाकको उचाइमा पिसाब गर्छ । त्यसैले नै केही उचाई खोज्छ । यसो गर्नुको कारण छ, त्यो हो उसले अन्य कुकुरको लागि आफ्नो गन्ध सजिलै छाड्न सकोस् । हो हरेक कुकुर आफ्नो इलाकामा अन्य कुकुरका लागि दादागिरी प्रस्तुत गर्छन् ।

र, आफ्नो समुह र समुहबाहिरका कुकुरलाई आफ्नो उपस्थिति त्यस इलाकामा देखाउन कुकुरले पिसाबको गन्धलाई निशानीको रुपमा छोड्ने गर्छ । त्यस्तै अग्लो कुकुरले निश्चितरुपमा अग्लो ठाउँमा र होचो कुकुरले होचो ठाउँमा पिसाब फेर्छ । यसले उनीहरुमा को ठूलो हो भन्ने मार्क गर्छ । अरु कुकुरहरुलाई डोमिनेट गर्न र आफु ठुलो हुँ भन्ने देखाउन पनि उ अग्लो ठाउँमा पिसाब फेर्न चाहन्छ । यसलाई ‘प्याक इनस्टिंक’ भनिन्छ ।

-abcnepal.tv