म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत,अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित

  • २१ फाल्गुन २०८०, सोमबार
  • 117 पटक पढिएको

म्याग्दी ,२१ फागुन । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।
श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम ,दित्तिय उपाध्यक्षमा अमृत बानियाँ, महासचिवमा नारायण जिसी,कोषाध्यक्षमा सुमन श्रेष्ठ ,सचिवमा मोतिलाल पौडेल, सह–सचिवमा टेकप्रसाद सापकोटा र सह–कोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्य समितिलाई मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । नवर्विाचित अध्यक्ष श्रेष्ठले उद्योगी व्यवसायीको हकहित र उनिहरुको सुरक्षा ,संस्थाको गरिमा बढ्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाको पर्यटन ,उत्पादन, कृषि ,जडिबुटी ,जलविद्युत र खानीलगायतका क्षेत्रमा लगानी भित्रयाउन र उद्योग व्यवसायको विस्तारमा तीन बर्षे कार्य योजना बनाएर अघि बढ्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले अध्यक्ष लगायत नयाँ कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सर्वसम्मत निर्वाचित समितिलाई थप सक्रियताका साथ अघि बढ्ने जिम्मेवारी थपिएको बताउनुभयो । संघको साधारणसभाको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो ।