लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

  • १४ पुष २०८०, शनिबार
  • धिरन खत्री
  • 213 पटक पढिएको

 

म्याग्दी, १४ पुस । सदरमुकाम बेनीमा आर्थिक कारोबार गर्दै आएको लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्ष प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीस्थित शिखर होटलमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

संचालक समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाधयक्षमा भिमनाथ शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको छ ।

लेखा तथा सुपरिवेक्षक समितिको संयोजकमा खुमराज उपाध्याय र सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाल निर्वाचित हुनुभएको संस्थाका प्रवन्धक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

अध्यक्ष हरीकृष्ण गौतमको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य रामबहादु जिसीको प्रमुख आतिथ्यतामा १० औँ साधारणसभाको उद्घाटन गरिएको थियो । सो अवसरमा संस्थाका सेयर सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका प्रवन्धक नेत्रराज सुवेदीलाई नगदसहित दोसल्ला र प्रमाणपत्रले पनि सम्मान गरिएको थियो ।

एकहजार १५६ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ६६ लाख ९८ हजार ९ सय रुपैया रहेको छ । संस्थामा जगेडा कोष २७ लाख १४ हजार २७ रुपैयाँ रहेको छ । गतबर्ष संस्थाले १२ करोड ५१ लाख ७६ हजार ५०२ रुपैयाँ कारोबार गरेको प्रवन्धक सुवेदीले बताउनुभयो ।

सचिव ओमप्रसाद शर्माको संचालन र प्रगति प्रतिवेदन प्रस्तुत भएको साधारणमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ्ग सेवाको शुभारम्भ ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले गर्नुभएका थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l