विशेष

नगरपालिकाभित्रको पर्यटकियस्थलमा गुरुयोजनाविहिन पुर्वाधार विकास

धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटकियस्थलको योजनाबद्ध रुपमा पुर्वाधार विकास लागि बेनी नगरपालिकाले गुरुयोजना बनाउन सकेको छैन् । गण्डकी प्रदेशले २०१९ देखि २०२२ सम्म पर्यंटन बर्ष मनाउन बेनी नगरपालिकाले मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पर्यटन उपसमिति गठन गरिएको छ।      आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने योजनाबद्ध पुर्वाधार विकासमा नगरपालिकाले बेवास्ता... पुरा पढ्नुहोस

लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

धिरन खत्री म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस

जलजला गाउँपालिकामा कालोपत्रे सुरु

म्याग्दी, ९ चैत । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भेगका जनतालाई यातायात सेवालाई सहज बनाउन सडक कालोपत्रे सुरु गरिएको छ । गाउँपालिकाको वडानम्वर चार अन्तरगत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्रावेल काम सुरु गरेको हो । यस बर्ष गाउँपालिकाले १करोड ६८ लाख ५५ हजार रुपैयाको ठेक्का माच्छापुच्छे निर्माण सेवासंग... पुरा पढ्नुहोस

९ बर्षमा राहुघाट जलविद्युत आयोजनाको कार्यालय भवन निर्माण

  म्याग्दी, ९ चैत । राहुघाट जलविद्युत आयोजनाको प्रशासनिक र आवास भवन नौ वर्षमा निर्माण सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका –३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो... पुरा पढ्नुहोस

लायन्स क्लवद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित

  म्याग्दी ८ चैत । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ । मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक्षिण एशीयाली क्षेत्रीय खेलकुद प्रतियोगितामा... पुरा पढ्नुहोस

म्याग्दीमा ९ हजार जना भन्दा बढी बाललबालिकालाई दादुरा– रुबेला खोप लगाईने

म्याग्दी, ८ चैत । म्याग्दीमा नौँहजार भन्दा बढी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाईने छ । स्वास्थ्य कार्यालय म्याग्दीले दादुरा– रुबेला खोप अभियान अन्तरगत चैत १० गतेदेखि ३० गतेसम्म नौँ महिनादेखि ५ बर्षसम्मका जिल्लामा रहेका ९ हजार ३५२ जना बालबालिकाहरुलाई खोप लगाउने भएको हो । ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रोगबाट बचाउन... पुरा पढ्नुहोस

कोरोना प्रभावितको उपचारका लागि बेनीमा दश शैयाको अस्थायी अस्पताल बनाइने

म्याग्दी, ७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि लक्षित गरेर बेनीमा दश शैया क्षमताको अस्थायी अस्पताल बनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख... पुरा पढ्नुहोस

बाँदुकमा सडक निर्माण योजनामा नेकपाका नेता कार्यकर्ताद्धारा श्रमदान (फोटो फिचर)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरेका छन् । पार्टीको एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगत नेकपा बेगको वडा कमिटीले शुक्रवार सडक निर्माणमा श्रमदान गरेका हुन् ।  प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन... पुरा पढ्नुहोस

बेनपा–६ को पहलमा विपन्न बर्गको घरघरमा सावुन र मास्क वितरण सुरु

म्याग्दी ७ चैत । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको छ । वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो । सहयोगदाता मार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई... पुरा पढ्नुहोस

राष्ट्रिय राजनीतिमा प्रचण्डको आयतन,परिधि र विरोधको सिमारेखाहरु

तारामिलन छन्त्याल जुन कुनै देशलाई सहि दिशा निर्देश गर्ने काम राजनितिले गर्दछ । भनिन्छ राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ । राजनीतिले देशको न्यायपालिका कार्यपालिका , ब्यबस्थापिका र स्थानीय तह सम्पुर्ण निकायलाई सहि र सवल ढङ्गले सञ्चालन गर्ने हुदा राजनीति आवश्यक हो । यि सबैको ब्यबथापन र सञ्चालनले नै... पुरा पढ्नुहोस