विशेष

कलाकारीताबाट म्याग्दीलाई चिनाउने ‘मिस म्याग्दी’ छन्त्यालको चाहना ( भिडियो सहित)

म्याग्दी, २३ पुस । प्रथम मिस म्याग्दी बनेकी हिना खड्का छन्त्यालले मोडलिङ मार्फत म्याग्दीलाई चिनाउने अभियानमा लाग्ने बताएकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्याल मिस म्याग्दीको बिजेता बनेकी थिइन् । https://www.youtube.com/watch?v=42NuGC-RluY मिस म्याग्दीको ताज पहिरिएकी छन्त्यालले कलाकारीता आफ्नो... पुरा पढ्नुहोस

गुर्जामा हिमपात,चिसोले विद्यार्थी र बृद्धबृद्धालाई समस्या

बेनी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका... पुरा पढ्नुहोस

रातोपानीको तातोपानी कुण्ड संरक्षण सुरु

म्याग्दी २३ पुष । प्राकृतिक उपचार र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका ६ – रातोपानी स्थित तातोपानीको मुहान संरक्षण र व्यवस्थापनमा स्थानीयबासी अग्रसर भएका छन् ।अन्नपूर्ण गाउँपालिका, घारका जनप्रतिनिधि, अगुवा र समुदायले कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई व्यवस्थित गरेर पर्यटकीय र प्राकृतिक उपचार स्थलको... पुरा पढ्नुहोस

नवमालिका सहकारीको साधारणसभा सम्पन्न

बेनी २२ पुष । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरुले रोजगारि सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन अनुसार संस्था सञ्चालन गर्न... पुरा पढ्नुहोस

यातयातमा सहुलियत कार्यान्वयन गर्ने सहमती

बेनी २२ पुष । म्याग्दीमा सार्वजनिक यातायातमा छुटको सुबिधा कार्यान्वयन गर्ने सहमति भएको छ । प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यातायात व्यवसायीले सबै ठाउँमा सरकारले निर्धारण गरेको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई सहुलियत सुबिधा प्रदान गर्ने निर्णय भएको हो । यातायात... पुरा पढ्नुहोस

मिर्गौलापिडित सुरेशलाई युकेबाट रु १ लाख तीन हजार सहयोग

म्याग्दी, २२ पुस । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट रु १ लाख तीन हजार सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदाय संगै अन्य व्यक्तीहरूबाट सो... पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर सुधार गर्न रघुगंगामा प्रअ र अध्यक्षहरुको बृहत छलफल सुरु

म्याग्दी, २२ पुस । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले बृहत छलफल सुरु गरेको छ । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र शैक्षिक योजनामा समेटीनुपर्ने बिषयहरुको पहिचान गर्न र गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आईतवारदेखि सुरु भएको छलफल ४ दिनसम्म जारी रहने गाउँपालिकाका प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको अध्यक्षमा खम थापा मगर निर्वाचित

म्याग्दी, २२ पुस । म्याग्दी जेसीजको शाखा अध्यक्षमा खम थापा मगर निर्वाचित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिवार राती सम्पन्न २० औँ बार्षिक साधारण सभा तथा अधिबेशनबाट मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । सन २०१९ को लागि अध्यक्ष... पुरा पढ्नुहोस

बगरफाँटमा आयोजित महायज्ञमा शनिबारसम्म ३२ लाख संकलन

बेनी २२ पुष । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ ।शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख... पुरा पढ्नुहोस

पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् ।       त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस