म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्क विहिन

  • १८ जेष्ठ २०७७, आईतवार
  • 1069 पटक पढिएको

म्याग्दी १८ जेठ । म्याग्दीका कोरोना संक्रमण पुष्टि भएका युवासँग एउटै बसमा आएका ६ जना सम्पर्कविहिन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–४ महभिर घर भएर भारतबाट आएका कोरोना संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले खोजी थालेको हो ।


तीमध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका छन् भने लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयले जनाएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ महभिरका ३० वर्षीय पुरुषमा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको अहिले बेनीमा आइसोलेनमा राखेर उपचार भैरहेको छ । उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।