मुनामा सार्बजनिक धारा निर्माण

  • २३ जेष्ठ २०७७, शुक्रबार
  • 1683 पटक पढिएको

अमित बिश्वकर्मा
म्याग्दी, जेठ २३ । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थित गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारा परिसरमा पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो ।


आर्थिक बर्ष २०७६/०७७ का लागि गाउँपालीकाले बिनीयोजन गरेको रु ३ लाख र २० प्रतिशत स्थानीयको श्रमदानमा उक्त धारा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुर्खमान पुनले बताउनु भयो । ५ वटा धारा जडान गरिएको छ । भूइ ढलान गरि कपडा धुनका लागि र नुहाएर बस्न समेत मिल्ने गरि सजिलो ठाउँ बनाइएको छ, अध्यक्ष पुनले भन्नुभयो, ¾सुबिधा सम्पन्न धारा निर्माण भएपछि स्थानीयलाइ सहज भएको छ ।


उक्त स्थानमा रहेको पानीको मुहान र पुरानो धारालाइ मर्मत गरि ब्यबस्थीत बनाएपछि नजिकै रहेको धौलागिरी आधारभुत बिद्यालयलाइ पनि पानी प्रयोग गर्न थप सहज भएको बिद्यालयका प्रध्यानाध्यापक मान बहादुर पुनले बताउनु भयो । २४ सै घण्टा प्रयाप्त पानी सहितको ब्यबस्थीत धारा बनेपछि नुहाउन र कपडा धुनको लागि निकै सजिलो भएको स्थानीय रीता शेरपुन्जाको भनाइ छ ।
सुरक्षीत पीउने पानीको सुबिधा पु¥याउन र सरसफाइका लागि सहज बनाउन मुना गाउँभरीका स्थानीयलाइ लक्षित गरि उक्त ब्यबस्थित धारा निर्माण गरिएको धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनु भयो ।