विशेष

वातावरण दिवसको अवसरमा विद्यार्थी र शिक्षकहरुले गरे बजार सरसफाई ( फोटो फिचर)

म्याग्दी २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजार सरसफाई गरिएको छ । लिटल गार्डेन एकेडेमिले आफ्नो बार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा सरसफाई गरेको हो । यस अघि दिवसको अवसरमा बेनी बजार स्थित कालिगण्डकी करिडोर सरसफाई गर्दै आएको विद्यालयले यस बर्ष करिडोरमा बजार संरक्षणको काम निर्माणधिन... पुरा पढ्नुहोस

काफलवाली आमा ! ‘एक मानालाई सय रुपैयाँ, दिनमै ४ हजार कमाई’(भिडियो सहित)

कमल खत्री बेनी २२ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी फुलदेवी नेपालीले जंगलमा खेर गएको काफल विक्रि गर्न थाल्नुभएको छ । जंगलमा फलेको हाडे काफल टिपेर दरबाङ बजारमा ल्याएर विक्रि गर्न थालेको नेपालीले बताउनुभयो । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा काफल विक्रि गर्दै गर्नुभएकी नेपालीले एक पटकमा ५ पाथी... पुरा पढ्नुहोस

म्याग्दीमा मनाईयो छुवाछुत मुक्त दिवसः अन्तरजातिय विवाह गरेका १५ दम्पती सम्मानीत (फोटो फिचर)

म्याग्दी २१ जेठ । म्याग्दीमा अन्तरजातिय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । १४ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । बृहत अन्र्तक्रिया एवम दिवसको अवसरमा सञ्चालन गरिएको साताव्यापि दलित शसक्तिकरण कार्यक्रमको... पुरा पढ्नुहोस

‘अन्नपूर्ण हिमाल आरोहणको ७० बर्ष’ ! किन गुमनाम छ अन्नपूर्ण हिमाल ?( फोटो फिचर)

सन्तोष गौतम म्याग्दी २० जेठ । राज्यको उपेक्षा, समुदाय र सरोकारवालाहरुको बेवास्ताका कारण म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल ओझेलमा परेको छ । विश्वको दशाँै र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका नेकपा सम्बद्ध जनप्रतिनिधिको प्रष्टीकरण ‘अस्वभाविक सुविधा लिएका छैनौँ’( भिडियो सहित)

म्याग्दी, २० जेठ । बेनी नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध जनप्रतिनिधिहरुले नगरपालिकामा बहुमतबाट भएको निर्णय कार्यान्वयनमा उत्पन्न परिस्थिती र चालु आर्थिक बर्षको बजेट विनियोजनमा अस्वभाविक शिर्षकमा छुट्याइएको बजेटबारे प्रष्टिकरण दिएका छन् । सोमबार नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीको अगुवाईमा पत्रकार सम्मेलन गरि नेकपाबाट... पुरा पढ्नुहोस

दानामा सार्वजनिक सुनुवाई : ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो

जेठ १९ गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवासीहरुले गुनासो गरेका हुन ।... पुरा पढ्नुहोस

मंगलामा कृषि विज्ञान विषयको पठनपाठन सुरु

  म्याग्दी १९ जेठ । मंगला गाउँपालिकाको केन्द्रबावियाचौरमा रहेकोे मंगला माविमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तरगत बाबियाचौरमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म आइएससी एजी तह... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा आयोजित शैक्षिक महोत्सव सम्पन्न : प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्कर्ष

म्याग्दी, १८ जेठ । स्थानीय साधन र स्रोतलाई वैज्ञानिक विद्यिद्धारा प्रयोग गर्न सरकारी विद्यालयमा प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्र्कष निकालेका छन् । जामुनाखर्क माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवमा उपस्थित सरोकारवाला र बुद्धिजिविहरुले रोजगारी सिर्जनाका लागि स्थानीय साधनस्रोत प्रयोग गर्ने प्राविधिक शिक्षालाई अनिवार्य र सर्वशुलभ बनाउनुपर्ने निष्र्कष निकालेका... पुरा पढ्नुहोस

जैविक बिबिधता तथा वन्यजन्तु सम्बन्धी तालिम सम्पन्न

नारच्याङ १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा आइतबारदेखि पत्रकारहरुका लागि सञ्चालित सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । एक्याप लागू भएको म्याग्दी, कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा... पुरा पढ्नुहोस

सामाजिक बिकास मन्त्रि पुन ‘स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारवाट सम्मानित

म्याग्दी १७ जेठ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवम म्याग्दीको प्रदेश सभा सदस्य नरदेवी पुन सम्मानीत हुनुभएको छ । विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवि पुन सम्मानित हुनुभएको हो । जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा... पुरा पढ्नुहोस