जन्मदिनको अवसरमा युवा ब्यवसायी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग

  • २८ जेष्ठ २०७७, बुधबार
  • 1407 पटक पढिएको

म्याग्दी, २८ जेठ । जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा हुने फजुल खर्चलाई कटौती गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका हरी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् ।


हाल बेनीमा ब्यवसाय गर्दै आएका भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था अ‍ोमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्य लिएका छन् । सहयाेग रकम काेषका अध्यक्ष राजेश शाक्यलाइ भण्डारीले हस्तान्तरण गर्नुभएकाे थियाे भने अध्यक्ष शाक्यले धन्यबाद सहित काेषकाे अाजिवन सदस्यता प्रदान गर्नुभएकाे थियाे । यसैिबच सहयाेगदाता भण्डारीले  बेनी नगरपालिका–६ अथुङ्गेका सुकुम्बासी पुर्णबहादुर भण्डारीको घर निर्माणका लागि ११ हजार रुपैया सहयोग हस्तान्तरण गरेका हुन् ।


ब्यवसायसंगै विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक क्षेत्रमा भण्डारी कृयाशिल छन् ।  म्याग्दी जेसीजकाे कार्यकारीणी उपाध्यक्ष समेत रहेका   उनी नेकपा रघुगंगा गाउँपालिका कमिटिका सचिव समेत रहेका छन् ।