बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी

  • २९ जेष्ठ २०७७, बिहीबार
  • धिरन खत्री
  • 1621 पटक पढिएको

 

म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ ।  नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो ।

५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट स्रोत अनुमान तथा बजेट निर्धारणा समितिको बैठकले बजेट, अनुमानित आम्दानी र कोरना कोषमा भएको आम्दानी खर्चकबारे नगरपालिका प्रवक्ता रामकृष्ण बराईलीले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिकाले आन्तरिक अनुमानित आयमा ४ करोड ३ लाख २५ हजार, नेपाल सरकारको अनुदानबाट १२ करोड ४ लाख रुपैया, राजश्व बाडफाडँबाट ८ करोड ३लाख १९ हजार २६४ रुपैया संघिय सरकारबाट १ करोड ३० लाख बजेट आएको छ ।

संघिय सरकारबाट आएको १ करोड ३० लाख बजेट गौश्वारा तमाने खानेपानी आयोजनामा ६० लाख र चिनाखेत खानेपानी आयोजनामा ७० लाख बजेट विनियोजित भएर आएको प्रवक्ता बराईलीले बताए । त्यस्तै संघिय सरकारबाट गलेश्वर काउँलेगौडाँ गिठिनी हुदै पात्लेखेतसम्मको सडकका लागि १ करोड १२ लाख बजेट रहेको जानकारी दिए ।प्रदेश सरकारको समानिकरण अन्तरगत १ करोड १९ लाख ९५ हजार र प्रदेश अन्तरगत राजश्व बाडफाँडबाट ९६ लाख ४ हजार रुपैया रहेको उन्ले जानकारी दिए । त्यस्तै संघिय सरकारबाट शशक्त अनुदानमार्फत २८ करोड १२ लाख रुपैया बजेट आएको प्रबक्ता बराईलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आगामी आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम ७ वटा वडामा संचालनका लागि ५१ लाख बजेट आएको नगरपालिकाका अधिकृत एवम् सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।  विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले निमार्णा गरेकाे कोरना कोषमा कोषमा  १ करोड   ९ लाख ९८ हजार ४६१ रुपैयाँ संकलन भएको थियो । सो कोरना कोषमा  नगरपालिकाले १ करोड र  जनप्रतिनिधि, कर्मचारी विभिन्न संघसंस्थाबाट   ९ लाख ९८ हजार ४६१ रुपैयाँ जम्मा गरेका थिए । कोरना कोषबाट क्वारेन्टाइन निर्माण, राहत वितरण र स्वास्थ्य सामाग्री खरिद लगायतमा  ६८ लाख २३ हजार १२८ रुपैया खर्च भएको प्रवक्ता बराईलीले बताए ।

नगरपालिकाभित्र १३ सय २२ घरधुरीलाई ३६ लाख २५ हजार ६१५ रुपैयाको खाद्यान्न वितरण गरेको थियो । त्यस्तै आइसोलेसन वार्ड स्थापनामा १७ लाख ८३ हजार खर्च भएको समेत जानकारी दिए । कोरना कोषमा ४१ लाख ७५ हजार ३३५ रुपैया बचत छ । कार्यपालिका बैठकले बेनपा–३ स्वारी र मंगला गाउँपालिका–३ दह जोड्ने झोलुङ्गे पुल निर्माणका लागि संघिय सरकारलाई आब्हान गर्ने निर्णय भएको प्रवक्ता बराईलीले बताए ।  आगामी आर्थिक बर्षको बजेट तथा निति कार्यक्रम असार १० गतेभित्र ल्याउने लक्षसहित नगरपालिकाले तिव्रता दिएको छ।

 

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l