विशेष
गणतन्त्र दिवस र जेसीज स्थापना दिवसमा बेनीमा दिप प्रज्वलन ( तस्बिर र भिडियो)
- 5 बर्ष, 9 महिना अगाडि
- १५ जेष्ठ २०७७, बिहीबार
म्याग्दी १५ जेठ । गणतन्त्र दिवस र म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीले संगमचोकमा सिमित मानिसहरुलाई मात्रै सहभागी गराएर दिवसको अवसरमा दिप प्रज्वलन गरि दिवस मनाएको हो । https://www.youtube.com/watch?v=2pfJ0hcb35Y नेपाल सरकारले हालै भारतले अतिक्रमण गरेका जमिनहरुलाई समेत समेटेर जारी गरेको नेपालको... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि, भारतबाट आएका मालिका गाउँपालिकाका एक युवामा कोरोना पोजेटिभ
- 5 बर्ष, 9 महिना अगाडि
- १५ जेष्ठ २०७७, बिहीबार
म्याग्दी १५ जेठ । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् । गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा भण्डारीद्धारा बृद्धाआश्रमलाई सहयोग
- 5 बर्ष, 9 महिना अगाडि
- १५ जेष्ठ २०७७, बिहीबार
म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घर र हाल बेनी पिपलचोकमा बर्दश फुड स्टेसन रेष्टुरेन्ट संचालन गर्नुभएका इश्वर भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वरमा रहेको बृद्धाआश्रमलाई सहयोग गुर्नुभएको छ । २२ औ जन्मउत्सवको अवसरमा आश्रमलाई ६ हजार बराबरको खाद्धान्न गलेश्वरमा नै पुगेर भण्डारीले गलेस्वर अन्नक्षेत्र आश्रमका कार्यालय सचिव माधव... पुरा पढ्नुहोस
कोरोना सम्बन्धी खर्चलाई मितब्ययी र पारदर्शी बनाउन सासंद केसीको माग
- 5 बर्ष, 9 महिना अगाडि
- १४ जेष्ठ २०७७, बुधबार
बेनी, १४ जेठ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सांसद बिनोद केसीले कोरोना रोकथाम, राहत, औषधी, उपचार र व्यवस्थापकीय काममा हुने खर्च प्रणालीलाई मितब्ययी र पारदर्शी बनाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको बुधबार पोखरामा बसेको बैठकको बिशेष समयमा बोल्दै सांसदले कोरोना महामारी रोकथाम, नियन्त्रण, ब्यवस्थापन, बिरामीको औषधी... पुरा पढ्नुहोस
बागलुङको तमान र बडिगाडका ६ जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 9 महिना अगाडि
- १४ जेष्ठ २०७७, बुधबार
बागलुङ १३ जेठ । बागलुङमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण... पुरा पढ्नुहोस
प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
- 5 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७७, मंगलवार
म्याग्दी १३ जेठ । नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रेस... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा विरामीको औषधी घरघरमै
- 5 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७७, सोमबार
बेनी १२ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण नियमित औषधी सेवन गर्ने विरामीहरु समस्यामा परिरहेको सन्दर्भमा म्याग्दीको मंगला गाउँपालिकाले भने विरामीको घरघरमै औषधी पु¥याएको छ । दिर्घ रोगका विरामीहरुले नियमित रुपमा सेवन गर्ने औषधी खरिद गर्न बजार सम्म जान लकडाउनको... पुरा पढ्नुहोस
बेनीका बेवारिसेलाई लायन्स क्लवले निःशुल्क खाना खुवाउने, बेनीबजारमा घुम्न नदिइने
- 5 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७७, सोमबार
बेनी १२ जेठ । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक... पुरा पढ्नुहोस
म्याग्दीको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड निर्माणमा अनियमितता, पाँच जनामाथि मुद्धा दायर
- 5 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७७, आईतवार
बेनी, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको कम्पाउण्ड पर्खाल निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । लागत ईष्टिमेट रकमभन्दा बढी भुक्तानी लिई अनियमितता गरेको भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा अनियमिता गरेको आधारहरु भेटिएपछि... पुरा पढ्नुहोस
भारतमा अल्पत्र म्याग्देलहिरुको उद्धार सुरु, म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन निर्माण (भिडियो सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७७, शुक्रबार
म्याग्दी, ९ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको लकडाउन(बन्दाबन्दी)ले भारतीय सिमा नाकामा अलपत्र परेका म्याग्देलीहरुको उद्धार गर्न थालिएको छ । https://www.youtube.com/watch?v=oekgUyA6D9I नाकामा अल्पत्र परेकाहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, प्रहरीसंगै यहाँका स्थानीय तहहरुसंगको समन्वयमा उद्धार गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट उद्धार... पुरा पढ्नुहोस