हरियालीको कालिज फार्ममा चितुवा पस्यो, नियन्त्रणमा ल्याउने तयारी (तस्विर सहित)

  • २६ भाद्र २०७७, शुक्रबार
  • 2066 पटक पढिएको

बेनी २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित हरियाली कृषि फर्मको कालिज पालन गरेको ब्लकमा चितुवा पसेको छ । वरीपरि पक्की तारवार र माथि प्लाष्टिकको नेट जाली लगाएर कालिज पालन गरिएको ब्लकमा नेट जालीमा हाम फालेर चितुवा भित्र पसेको हो ।

 

पmार्मका कर्मचारी शुक्रवार विहान कालिजलाई दाना दिन गएको समयमा चितुवाले आक्रमणको प्रयास समेत गरेको थियो । फार्ममा पसेको चितुवाले त्यहाँभित्र रहेका कालिज ठुलो संख्यामा मारेर क्षत्रि पु¥याएको हरियाली ग्रुपका महाप्रबन्धक शेरबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, सो ब्लबकमा करिब ५ सयको हाराहारीमा हुर्किरहेका कालिजहरु रहेका थिए ।


रातको समयमा फार्ममा आएको चितुवा कालिज पालन हुँदै आएको ठाउँमा वरपर पक्की तारबारले भित्र पस्न नसकेपछि नजिकको खेतबाट कालिजको फार्ममाथि टाँगीएको प्लाष्टिक नेटमा हाम फालेर नेटलाई च्यातेर भित्र छिरेको भेटिएको केसीले बताउनुभयो ।

पmार्मभित्र पसेर फसेको चितुवालाई सुरक्षित रुपमा बाहिर ल्याएर उद्धार गर्नको लागि डिभिजन वन कार्यालय र सुरक्षा निकायसंग आबश्यक समन्वय गरिएको उहाँको भनाई छ । अहिले फार्ममा फसेको चितुवालाई सुरक्षित रुपमा नियन्त्रण र उद्धारको लागि चितवन राष्ट्रिय निकुञ्जाबाट तालिमप्राप्त टोली आबश्यक उपकरण सहित आउँदै गरेको कार्यालयका रेञ्जर विक्रम गौतमले जानकारी दिनुभयो । उहाँले टोली आईसकेपछि चितुवालाई लठ्ठाएर नियन्त्रणमा लिने र यसै क्षेत्रको जंगलमा लगेर सुरक्षित रुपमा छाडिने बताउनुभयो ।