म्याग्दी जेसिजद्धारा कोभिड १९ नियन्त्रणमा क्रियाशिल संस्थालाई फेस सिल्ड सहयोग

  • २४ भाद्र २०७७, बुधबार
  • 765 पटक पढिएको

म्याग्दी २४ भदौ । कोरोना भाईरस( कोभिड–१९) नियन्त्रण र न्यूनिकरणमा कृयाशिल संस्थाहरुलाई म्याग्दी जेसिजद्धारा सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । जेसिजले स्थानीय रुपमा तयार पारेका फेस सिल्ड सामाग्री बेनी अस्पताल, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरिएको हो ।


स्थानीय बजारमा आबश्यक सामाग्रीहरु जुटाएर निर्माण गरिएका फेस सिल्डहरु मध्ये बेनी अस्पताललाई १ सय, जिल्ला प्रहरी कार्यालयलाई १२० र ट्राफिक प्रहरी कार्यालयलाई २५ थान हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो ।


उहाँका अनुसार, जोखिमपूर्ण स्थानमा जाँदा र एक भन्दा बढी व्यक्तिहरुबिच कुराकानी गर्दा कोरोनाको संक्रमण फैलन सक्ने भएकाले जोखिमपूर्ण क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको लागि सो सामाग्री तयार गरि वितरण गरिएको हो ।

उक्त सामाग्री म्याग्दी जेसिजका पूर्व अध्यक्ष क्लबका अध्यक्ष विजय कुमार श्रेष्ठ, शाखा अध्यक्ष बरुवाल, निवर्तमान अध्यक्ष खम थापा , बरिष्ठ कार्यकारिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुमन श्रेष्ठ लगायतको टोलीले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।