मराङका पहिरो पीडितलाई दुई लाख बढी सहयोग

  • २३ भाद्र २०७७, मंगलवार
  • 1859 पटक पढिएको

म्याग्दी २३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको रु २ लाख ६ हजार रकम पहिरो पीडितलाई सहयोग गरिएको हो ।

पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको अगुवाईमा संकलन भएको सो सहयोग रकम सुवेदीका दाजु खडानन्द मार्फत वडा अध्यक्ष एवम पुननिर्माण कोषका संयोजक राजाराम सुवेदीलाई हस्तान्तरण गर्नुभएको स्थानीय युवा इश्वर सुवेदीले जानकारी दिनुभयो । सो रकमलाई घरबार विहिन पहिरो पीडितको स्थाई आवास पुननिर्माणमा परिचालन गरिने जनाईएको छ ।

गत असारमा गएको पहिरोको कारण मराङमा १९ जनाको ज्यान गएको थियो भने दुई जना अझै वेपत्ता रहेका छन् । यहाँ पहिरोले २५ बढी घर पूर्ण रुपमा क्षति गरेको छ भने सयौँ घरहरु पहिरोको जोखिममा रहेका छन् । अहिले यहाँका पहिरो पीडितको राहत तथा जोखिमपूर्ण र क्षतिग्रस्त बस्ती स्थानान्तरणको लागि आर्थिक संकलन अभियान सञ्चालन भएको छ ।