प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

  • २५ भाद्र २०७७, बिहीबार
  • 2413 पटक पढिएको

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको स्वर रहेको गीतको म्युजिक भिडियोमा प्रवासमा पुगेका छोराछोरीप्रति घरपरिवारको भरोसा र प्रवासमा व्यहोर्नु पर्ने बाध्यतालाई समेट्ने कोसीस गरिएको छ ।

गायक सापकोटाकै संगीत रहेको गीतको म्युजिक भिडियोमा रमेश क्षेत्री, समृन्द्रराज पौडेल, शिव केसी, कविता शर्मा लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोमा रमेश क्षेत्रीले निर्देशन गरेका हुन् ।