विशेष

रघुगंगाको दुर्गम बस्तीमा स्वास्थ्य सेवा लिन सकसः ‘स्टेचर छैन, डोकोको भर’

म्याग्दी, ७ मंसिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा लिनको लागि पनी ४ घण्टा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा बिकटता रहेको कुईनेदेखि वडाकै एकमात्रै स्वास्थ्य संस्था घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जान घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको हो । छरिएर बस्तीहरु रहेको यस वडामा... पुरा पढ्नुहोस

एकता युवा क्लबको १० औँ बार्षिकोत्सवः विद्यार्थी र युवाहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण

म्याग्दी, ५ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबले आफ्नो बार्षिकोत्सव बुधवार विविध रचनात्मक कार्यक्रम सहित मनाएको छ । क्लब स्थापनाको १० औँ बार्षिकोत्सवको अवसरमा दग्नाममा विद्यार्थी र युवायुवतिहरुलाई उद्घोषण र पत्रकारीताबारे प्रशिक्षण गरिएको छ । जनता माध्यमिक विद्यालयका विद्यार्थी एवम क्लबमा आबद्ध युवायुवतिहरुमा उद्घोषणकलाको क्षमता अभिबृद्धि... पुरा पढ्नुहोस

पुर्व शिक्षक फलफूल खेतीमा

म्याग्दी, ५ मंसिर । विभिन्न रोजगारमा लामो समय विताएर अवकासपछि सबैको जिउने आधार फरक हुन्छ । तर सरकारी जागिरमा ४२ बर्ष शिक्षक विताएर अवकास लिएका एक पुर्व शिक्षक फलफूल खेतीमा ब्यस्त छन् । शिक्षक जागिरको अवकास पछि रघुगंगा गाउँपालिका–२ राखु चौउरका ६९ बर्षिय नलबहादुर कार्कीले परम्परागत कृषि खेती परिवर्तन गर्दै... पुरा पढ्नुहोस

रघुगंगामा ब्यापार ब्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु

बेनी, ५ मंसीर। म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ८ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । मंगलवार रघुगंगा गाउँपालिका–२ भगवतीबाट औपचारिक रुपमा व्यवसाय दर्ताको काम सुरु भएको वडा अध्यक्ष रिम बहादुर कटुवालले... पुरा पढ्नुहोस

बेलायतमा कुईनेमंगलेबासीले नदी कटानले बगाएको विद्यालय र बाढी पिडितलाई करिब १४ लाख जुटाए

म्याग्दी, ४ मंसिर ।  म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि करिब रु १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीले... पुरा पढ्नुहोस

योगाश्रमलाई करिब चार लाख जुट्यो

  बेनी ४ मङसिर । बेनीमा योगाश्रम भवन निर्माणका लागि तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर करिब चार लाख रुपैयाँ जुटाइएको छ ।नविन आनन्द योग केन्द्रले तिहारमा योगाश्रम भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमको आम्दानी खर्च विवरण मंगलबार सार्वजनिक गरेको हो । बेनी, दरवाङ, बिम, तातोपानी,... पुरा पढ्नुहोस

पत्रकार गौतम सम्मानित

बेनी, ३ मंसिर । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारिता मार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याएका गौतमलाई सोमबार सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा संस्थाले जिल्लामा समाचारलाई विभिन्न माध्यमबाट विश्वसामु... पुरा पढ्नुहोस

तीनजना बिरामीलाई मोना यूएईद्धारा १ लाख सहयोग

बेनी, ३ मंसिर । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई मोना यूएईल संकलन गरेको रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका छन् । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति सदस्य... पुरा पढ्नुहोस

बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया

बेनी ३ मङ्सिर । बेनीमा सोमबार संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदी र... पुरा पढ्नुहोस

जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)

सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस