म्याग्दी र मुस्ताङका कृषकलाई ९ करोड बजेट

  • ११ आश्विन २०७७, आईतवार
  • धिरन खत्री
  • 1249 पटक पढिएको

म्याग्दी, ११ असोज । म्याग्दी मुस्ताङका कृषकलाई ९ करोड १७ लाख ७८ लाख रुपैया बजेट रहेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले संचारकर्मीहरुको उपस्थितमा सो बजेटर रहेको जानकारी दिएका हुन् ।


कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाझो जमिनमा ब्यवसायिक खेती, फलफूल तथा नगदे बालिको विरुवा नर्सरी, रुैथाने बाली संरक्षण, घरघरमा प्राङ्गारिक मल उत्पादन, कृषि उपज संकलन केन्द्र, साना कृषि फार्म विस्तार, तालिम लगायतको क्षेत्रमा बजेट स्विकृत रहेको अधिकृत पाण्डेले बताए ।


गण्डकी प्रेदशबाट ६ करोड ९१ लाख ९६ हजार, संघ सरकारबाट ४ करोड २५ लाख बजेट रहेको छ । चालु आर्थि बर्षमा कुल ११ करोड १७ लाख ७८ हजार रुपैया मध्ये कार्यालय संचालनमा २ करोड बजेट रहेको छ । कार्यालयको आन्तरिक संचालन तथा सवारीसाधन खरिदका लागि सो बजेट रहेको हो ।  म्याग्दीमा ब्यवसायीक रुपमा कृषि खेती गर्ने कृषकहरुलाई मकै भटमास र चैते धान खेती विस्तार, आलु खेती प्रवद्र्धन, ब्यवसायीक रुपमा फलफूल खेती गर्ने कृषकलाई कृषि सामाग्री वितरण, प्राविधिक सहयोग, कृषि यान्त्रीकरण वितरण कार्यक्रम रहेको छ ।

कृषकले कम्तिमा २ रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी उत्पादन, विविध कारणले ३ बर्षदेखि बाझो रहेको जग्गामा ब्यवसायीक खेती गर्ने कृषकलाई प्रति रोपनी ३ हजार अनुदान, स्थानीय लोपउन्मुख जातको वीज वृद्धि, रैथाने बालीको ब्यावसायिक उत्पादन लक्षित कार्यक्रम, ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण कृषक, फर्म, सहकारी र समुहमा आवेदन अनुसार वितरण कार्यक्रम रहेको केन्द्रले जानकारी दिएको छ ।

तरकारी फलफूल तथा रैथानेबाली लगायतको खेती विस्तारका लािग कृषकले अनुदान लिनका लागि कृषकले फर्म दर्ता वा नविकरण, कर चुक्ताको अडिट रिपोट, समुह वा संस्थाको निर्णय, स्थानीय तहको सिफारिस, जग्गाको लालपुर्जा, ब्यक्तिको नागरिकतासहित स्थायी प्यान नम्वर लिएर कृषकले प्रस्ताव पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

बजेट कार्यान्वयनका लागि पुर्ण रुपमा कार्यालयमा कर्मचारीको अभाव भएको बताउदै प्रदेश सरकारले रितm ६ जना प्राविधिक पदमा पुर्णता दिए स्विकृत कार्यक्तम प्रभावकारी कार्यान्वयनमा सहज हुने अधिकृत पाण्डले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l