नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल चयन

  • १० आश्विन २०७७, शनिबार
  • 1062 पटक पढिएको

म्याग्दी १० असोज । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल चयन हुनुभएको छ । शनिवार बेनीमा भएको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका युवा व्यवसायी रकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।


समितिकोे बरिष्ठ उपाध्यक्षमा यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा सम्झना अधिकारी, कोषाध्यक्षमा कुल बहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल लगायत २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि नेपालमा पहिलो स्थापना भई हाल सम्म व्यावसायीको लागि काम गरिरहेको बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा व्यवासायीहरु पलायन हुने अबस्था पनी सरकारले व्यवसायीको लागि कुनै काम नगरेको बताउनुभयो ।
कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल, चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोल्नुभएको थियो । विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । कार्यक्रम अध्यक्ष रकालको अध्यक्षता, उपाध्यक्ष यामनाथ सुवेदीको स्वागत र निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।