कृषकलाई अनुदान वितरण

  • ८ आश्विन २०७७, बिहीबार
  • 1131 पटक पढिएको

 

म्याग्दी, ८ असोज । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक बर्षमा पशुपालपन्छी पालक कृषकलाई अनुदा वितरण गरेको हो । विभिन्न शिर्षकमा ७६ जना ब्यवसायिक रुपमा पशुपन्छी पाल्दै आएका कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरिएको हो ।


म्याग्दीसंगै मुस्ताङको कार्यक्षेत्र भएको कार्यालयले मोडल फार्म, भेडाबाख्रा पकेट, गाईभैसी पकेट, नमुना घाँसबाली स्रोत केन्द्र विकास कार्यक्रम, फ्रेस हाउस सुधार, डेरी पसल सुधार, पशु नश्ल सुधार प्याकेज र रागो वितरण क्षेत्रमा सो रकम अनुदानको रुपमा पाएका हुन् । लामो समयदेखि ब्यवसायीक रुपमा गाईभैसी, बाख्रा, भेडापालक कृषक, डेरी र मासु ब्यवसायीहरुलाई अनुदान वितरण गरिएको कार्यालयका प्रमुख पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए ।

मोडल फार्ममा ४० जना कृषकलाई १ करोड ११ लाख ५० हजार रुपैया वितरण गरिएको छ । अनुदान गाईभैसी, बाख्रा, कुखुरा र भेडाको खोर सुधार तथा निर्माण लगायतको क्षेत्रमा कृषकले पाएका छन् । भेडाबाख्रा पकेट क्षेत्र शिर्षकमा अन्नपुर्ण गाउँपालिका २ तातोपानीका पुनहिल बाख्रापालन समुहका पुर्ण बहादुर पाईजालाई ५ लाख, गाईभैसी पकेट क्षेत्रको रुपमा बेनी नगरपालिका–४ केदारनाथ पौडेललाई ५ लाख दिएको कार्यालयले जानकारी दिएको छ । घासबालीमा २जनालाई १ लाखको दर, फ्रेस हाउस सुधारमा ६ जनालाई १ लाखको दरले ६ लाख वितरण, डेरी पसलमा ४ जना, नश्ल सुधारमा २५ हजारको दरमा २० जना र रागो वितरणमा मुस्ताङ र म्याग्दीको कृषक २ जनालाई ६० हजारको दरमा वितरण गरिएको छ।

पछिल्लो समय बैदेशिक रोजगारी गरेर परिश्रमको महत्व र गाउँघरको स्रोतसाधन उपयोग गरेपछिको फाइदा बुझेका युवाहरु बाख्रा, भेडा, गाईभैसी, कुखरा लगायतको क्षेत्रमा युवाहरु रहेको कार्यालयका कर्मचारी सुवास रेग्मी बताए । यस बर्षपनि कार्यालयको लागि ६ करोड बजेट रहेपनि प्रदेशबाट निर्देशिका नआएकोक कारण कार्यान्वयन प्रक्रिया अघि नबढेको जानकारी दिए ।