जलेश्वर पहिरोको डरलाग्दो रुप (भिडियो)

  • ९ आश्विन २०७७, शुक्रबार
  • 1291 पटक पढिएको

म्याग्दी १० असोज । बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत जलेश्वर पहिरोको जोखिम बढ्दै गएको छ । बर्षौ पहिलेदेखि पहिरो चल्दै आएपनि संरक्षणको लागि भरपर्दो र दिगो उपाय अपनाउन नसक्दा यहाँ पहिरोको जोखिम र समस्या बढेको छ ।

कालिगण्डकी नदिको तीरदेखि नै भूमिगत पहिरो बग्न थालेपछि यस पहिरोले सडक अबरुद्ध मात्रै बनाएको छैन् सडक माथि रहेका बस्तीहरुलाई उच्च जोखिममा पारेको छ भने ठुलो क्षेत्रफलको खेतियोग्य जमितलाई बगाउन थालेको छ । जलेश्वर माथि रहेका बस्ती र त्यहाँ सञ्चालित कृषि तथा पशुपालन फर्महरु समेत पहिरोको जोखिममा परेका छन् । यहाँ बर्षा हुँदा दिनहुँ पहिरोले सडक अबरुद्ध हुँदा नियमित यातयात सञ्चालनमा समेत समस्या उत्पन्न भएको छ । सडक फराकिलो बनाउँदा संरक्षणमा बिशेष ध्यान नदिँदा पहिरोले डरलाग्दो रुप लिन थालेको स्थानीयबासीको गुनासो छ । याे सडक मुस्ताङलाइ राष्टिय राजमार्ग संग जाेड्ने सडक समेत हाे ।