जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा अपांगता भएका दर्जीलाई आर्थिक सहयोग

  • १० आश्विन २०७७, शनिबार
  • 1038 पटक पढिएको


म्याग्दी १० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले अपांगता भएका एक युवालाई आर्थिक सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले रघुगंगा–३ कलेजाबाङका अपांगता भएका युवा रामु दर्जीलाई रु १० हजार सहयोग गर्नुभएको हो ।

रुखबाट खसेर कम्मरदेखि तलको शरीरले काम गर्न छाडेपछि अपांगता भएका दर्जीको नियमित उपचार र दैनिकी खर्च चलाउन सहज होस भन्ने उदेश्यले आफुले सहयोग गरेको सहयोगदाता केसीले बताउनुभयो । केसीले पठाउनुभएको सहयोग उहाँका बुबा इन्द्रबहादुर र आमा लालकुमारीले अपांगता भएका दर्जीकी आमालाई हस्तान्तरण गर्नुभएको थियो ।

केसीले म्याग्दी संगै विभिन्न ठाउँमा आईपर्ने दैवीप्रकोप र आर्थिक अभाबले उपचारमा समस्या खेपेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ । केसी पोर्तुगलमा कृषि उत्पादनसंग सम्बन्धित रोजगारदाता कम्पनी सञ्चालन गर्दै आउनुभएको छ । विश्वव्यापी कोरोना महामारीका बिच पनि केसीको कम्पनीमा १ सय बढी नेपालीहरुले अहिलेपनि प्रत्येक्ष रोजगार पाएका छन् ।

केसीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । पोर्तुगलमा समेत अप्ठ्यारोमा परेका नेपालीहरुलाई रचनात्मक सहयोग गर्दै आउनुभएका केसीलाई जनसम्पर्क समितिको आगामी अधिवेशनमा सभापतीको बलियो दाबेदारको रुपमा हेरिएको छ ।