म्याग्दी समाचार

म्याग्दी जेसीजद्धारा पर्यटकीय रुइसेमा भ्यु प्वाइन्ट स्थापना ( फोटो फिचर)

म्याग्दी, १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य रुईसे–भेडिओढारको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनको लागि म्याग्दी जेसीजले भ्यु प्वाइन्ट स्थापना गरेको छ । म्याग्दी जेसीजको ‘एक स्थानीय तह एक कार्यक्रम’ अन्र्तगत पर्यटकीय रुईसेको ताराखसेमा भ्यु प्वाइन्ट स्थापना गरिएको हो । शनिवार म्याग्दी जेसीजको आयोजनामा रुईसेमा भएको पर्यटन प्रवद्र्धन... पुरा पढ्नुहोस

२६४२ औं लुम्बिनी दिवस मनाउन सुरु

म्याग्दी, १५ वैशाख । म्याग्दीमा २६४२ औं लुम्बिनी दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी बौद्व संघ, बेनी को संयोजनमा ३ तिनदिने कार्यक्रम गरेर लुम्बिनि दिवस मनाउन सुरु गरिएको म्याग्दी बौंद्व संघ परिवारका संयोजक यजनलाल शाक्यले जनाकारी दिनु भएको छ । दिवसको पहिलो दिन शनिवार बुद्व विहार मंङ्गलघाटमा महिला बौद्व... पुरा पढ्नुहोस

घराम्दीमा विकासको नमुना, महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन् (फोटो फिचर)

घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैया भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरीक... पुरा पढ्नुहोस

पूर्व जान्छु भनेर पश्चिम हिँडेपछि यस्तो भयो (भिडियो सहित)

म्याग्दी, १५ वैशाख । म्याग्देली कलाकार राम गगनको लोकदोहोरी गित पूर्व जान्छु भनेर पश्चिम हिँडीयो बोलको नयाँ गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–५ का गायक गगन र धौलागिरि गाउँपालिका–४ मुदीकी गायीका डिलिसा बुढाथोकीले संयुक्त रुपमा उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । सो गितमा गायक गगन... पुरा पढ्नुहोस

गुराँसको फेदमुनी थकान मेटाउँदै पर्यटक !

  म्याग्दीको पर्यटकीय पुनहिलको पदयात्रामा निस्कीएका पर्यटकहरु घोडेपानीको बेशीमा धकान मेटाएर राताम्मे गुराँसको मनोरम दृष्य अवलोकन गर्दै । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस

संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तालिम

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका लागि विविध विषयहरुमा जानकारी गराउने उद्देश्यसहित तालिम चलाइएको थियो । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

नयाँ साहित्यिक संस्था गठन

म्याग्दीमा युवा साहित्यकर्मीहरुको भेलाले शुक्रबार वादल शाहीको अध्यक्षतामा चन्द्रसुर्य संञ्चार साहित्य संस्थाको तर्दथ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा दलबहादुर रोका(दर्पण), सचिवमा समिर रोका, कोषाध्यक्षमा दिपक शर्मा र सह–सचिवमा नरबहादुर केसी र बविता विश्वकर्मा रहेका छन् । त्यसैगरी सदस्यहरुमा तोपबहादुर कार्की, अमर छन्त्याल, निशा खड्का, खिमबहादुर आले, मलिन विक... पुरा पढ्नुहोस

चिटिक्क दोबा गाउँ

आन्तरिक तथा बाह्य पर्यटक जो पुग्दा र हेर्दा झट्ट मन लोभ्याउने गुचुप्प र चिटिक्क परेको दोवा गाउँ अन्नपुर्ण गाउँपालिका १ मा पर्छ । मगरबस्ती भएको सो गाउँ गाउँपालिकाको एकमात्र वडा हो । तस्विरः धिरन खत्री/अन्नपुर्ण पुरा पढ्नुहोस

बुकेनीको सामुदायीक स्वास्थ्य ईकाई व्यवस्थापन समिति गठन

केपी सापकोटा/बरंजा १४ बैशाख । मंगला गाउँपालिका ४ बुकेनीमा रहेको सामुदायीक स्वास्थ्य ईकाईमा शुक्रबार वडा अध्यक्ष ओमबहादुर रोका मगरको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । अनमी संगम खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यमा बरंजा स्वास्थ्य चौकीका प्रमुख विश्व श्रेष्ठ, वडा सदस्य मनमाया चोचाङ्गी, स्वमसेवीका डिलमाया फगामी, रेशम... पुरा पढ्नुहोस

जलजलाको कार्यालय लामाखेतमा स्थानान्तरण, मल्लाजमा तालाबन्दी

बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको... पुरा पढ्नुहोस